शुक्रबार, बैशाख १४, २०८१

पत्रकार जगतले अवका दिनमा समाज रुपान्तरण लागि अराजकता विरुद्ध कलम चलाउँनु पर्नेमा सभामुख महराको जोड

पोखरा फागुन ९, नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै संघीय संसदका सभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणको संवाहक बन्नु पर्नेमा जोड दिनु भएको छ ।

त्यस्तै उहाँले मुलुकको समृद्धिका लागि सञ्चार जगतले खेल्नुपर्ने भूमिकाका सवालमा वोल्दै समाज परिवर्तनका लागि सञ्चार क्षेत्रले यो वा त्यो नभनी सकारात्मक दायित्व निर्वाह गर्नु अपरिहार्य रहेको जनाृ दिदै जस्तोसुकै विषम परिस्थतीमा पनि चुस्त दुरस्त हुने पर्ने बताउँनु भएको छ । सम्बोधनकै क्रममा पवतमा मुलुकमा विद्यमान  यावत निरङ्कुशताको सामना गर्दै आएको नेपाली सञ्चार जगतले अवका दिनमा अराजकताको सामाना गर्दै त्यसको निरुपण गर्नु पर्ने बताउँनु भएको छ ।

त्यस अवसरमा सभामुख महराले गण्डकी प्रदेशको आन्तरिक कार्यविधि लोकार्पण सहित सञ्चार जगतका विभिन्न व्यक्तित्वलाई सम्���ान गर्ने क्रममा  महासङ्घद्वारा पत्रकारिता क्षेत्रसँग जोडिएका व्यक्तित्वका नाममा स्थापित पाँच जनालाई उक्त अवसरमा पुरस्कृत गरिएको थियो । नेपाल पत्रकार महासङ्घका संस्थापक एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा स्थापित रु एक लाख पुरस्कार राशिको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सप्तरीका शिवहरि भट्टराई त्यस्तै, ५० हजार पुरस्कार राशिको गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ त्यस्तै ५० हजार पुरस्कारको राशिको कृष्णसेन ‘इच्छुक’ राष्ट्रिय पत्रकारिता पुरस्कारबाट बलराम थापालाइ र रु १५ हजार पुरस्कार राशिको दुइ पुरस्कार क्रमस उमासिँह स्मृति पत्रकारिता पुरस्कारबाट सिरहाका हिरालाल चौधरी र गौरी कठायत स्मृति पत्रकारिता पुरस्कारबाट अछामकी गीता कुँवरलाई प्रदान गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस स्वतन्त्रताको हनन हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले श्रमजीवी पत्रकारको हकहितका लागि सरकार सचेत रहेको बताउँदै समानुपातिक विज्ञापनका लागि सरकारले ‘विज्ञापनसम्बन्धी विधेयक’ संसद्मा पेश गरेको र सरकारले अब विज्ञापन बोर्डमार्फत विज्ञापन उपलब्ध गराउने मन्त्री बाँस्कोटाले जानकारी दिनुभएको उक्त कार्यक्रममा साधारण सभाको उद्घाटनसत्रमा गग्ण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी नेकपाका नेता योगेश भट्टराई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कुमार खड्काराजपाका नेता लक्ष्मणराज कर्ण, सङ्घीय समाजवादी फोरमका उपमहासचिव प्रकाश अधिकारीका साथै नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहाल , डा शुरेस आचार्य शिव गाउँले डा महेन्द्र विष्ट र विभिन्न सञ्चार क्षेत्र सम्बद्ध सङ्गठनका नेताले सम्बोधन गर्नु भएको थियो ।

त्यस्तै शुक्रवार प्रस्तुत साधारण सभा अन्र्तगतको विधान अधिवेशनको बन्द सत्रबाट नितिगत निर्णय सहित पोखरा घोषणापत्र जारी गर्दै साधारणसभाको समापन हुँने महासंघले जनाएके छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।