शुक्रबार, बैशाख १४, २०८१

नारायणघाटमा यसरी मनाइयो गाइजात्रा (फोटो-फिचर)

  • अनुप प्रधान

नारायणघाट भाद्र  ११,  दिवंगत आत्माको स्मृतिमा मनाइने एक महत्वपूर्ण पर्व गाइजात्रा आज काठमाडौं उपत्यका लगायत देशैभर मनाईएको छ ।  पर्वको थालनी र यसको निरन्तरताको सवालमा भन्ने हो भने  १६९८ को समय देखि तत्कालीन मल्ल राजा प्रताप मल्लले आफ्ना कान्छा छोरा प्रार्थिवेन्द्र मल्लको देहावसन भएपछि आफ्नी रानीलाइ पुत्र वियोगको पिडाबाट छुटकारा दिलाउँन आफ्ना राज्यमा उर्दि जारी गरि सबै राज्यबासीले आ आफ्ना मृतकको सम्झनामा गाईको प्रतिमा सहित जात्रामा निस्कन भने । सोही अनुसार सबै प्रजाको घरबाट निस्कीयो त्यो देखेर रानीले आफ्नो मात्रै छोरो मरेको नभई धेरै मानिस मरेको रहेछन् । यसैगरी सबैले चित्त बुझाउनु पर्दो रहेछ भनि चित्त बुझाएसंगै आजसम्म निरन्तरता पाउँदै आएको गाइजात्रा पर्व आज काठमाडौं उपत्यका लगायत देशैभर मनाईएको हो । 

  यसैक्रममा मुलत नेवार समुदायको प्रभुत्व रहेको क्षेत्रहरुमा  मनाइने  यो पर्व  आज काठमाडौं उपत्यका लगायत देशका विभिन्न क्षेत्रबाट नारायणघाट बसाइसराइ गरेका  नेवार समुदायले आआफ्नै शैली अनुरुप यो पर्व मनाउँदै  आफ्नो परापूर्वकालिन संस्कृतिको संरक्षणमा जुटेको सहजै वोध गर्न सकिन्छ ।

मुलत नेवार समुदायका मानिसहरुको प्रभुत्व रहेको क्षेत्रहरुमा मनाउने गाइजात्रा पर्व आफैमा मृतआत्माको स्मृतिको पर्वभएपनि पछिल्लो समय शासकहरुले गरेका ककृत्य र खराब प्रवृर्तिको भण्डाफोर गर्ने दिनकारुपमा मनाइने परम्परापनि रहिआएके पाइन्छ । गाइजात्राको दिन वाहेक अन्य दिनमा शासकहरुको विरोध गरेमा जिायको भागिदार बन्नुपर्ने वाध्यताम्तक अवस्थाकावीच गाइजात्राको दिनलाइ विरोध तथा व्यङको लागि भरपुर प्रयोग गर्ने गरेको थुप्रै नजिरहरु रहेका छन ।  तकालीन समयमा पत्रपत्रिका, सन्चार माध्ययम, प्रहसनः तथा लेख रचना मार्फत राज्यका शासकहरुको खराब प्रवृतिको विरोध गर्ने परम्परा अहिले आएर स्टेज शोको रुपमा रुपान्तरण भएका छन ।