बिहिबार, चैत्र १५, २०८०

रोटरीक्लव अफ न्यूरोडद्दारा रक्तदान सहित पर्वका सहभागीहरुको लागि पानी वितरण

काठमाडौं भाद्र ११, रोटरीक्लव अफ न्यूरोड सिटी, इननर व्हिल  ,रोटएक्ट  र इन्टरएक्ट क्लवले आज आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत काठमाडौ उपत्यका लगायत बनेपा, धुलिखेल, पनौती, सहरसहित मुलुकका मुख्य मुख्य सहरमा मृतआत्माको चिरशान्तिको कामना गर्दै मृत्यु भएका आफन्तको सम्झनामा मनाइने गाइजात्रा पर्वका सहभागीहरुको लागि राजधानीको हनुमानढोका स्थित शिवपार्वती मन्दिर परिसरमा जल तथा जुस वितरण कार्यक्रमको आयोजना गरेका छन ।
त्यस्तै मानविय सेवामा समर्पित रहदै विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेका रोटरीक्लवले पर्वको अवसरमा रगतको बढ्दो मागलाइ केहि हदसम्म भएपनि सम्बोधन गर्ने लक्ष्य अनुरुप रक्तदान र स्वास्थ्य शिविर कार्यक्रमको समेत आयोजना गरेको क्लवका अध्यक्ष मणिकरत्न शाक्यले जानकारी दिनु भएको छ ।

करिव ८१ जना स्वयमसेवी रक्तदाताले रत्तदान गर्नुभएको उक्त कार्यक्रममा जात्रामा सहभागी एवम् अन्य जात्रा अवलोकन गर्न आएका व्यक्तिहरुको बल्ड प्रेशर, सुगर लगायतका रोगको समेत परिक्षण गरिएको क्लवका जनसम्पर्क अधिकृत रमिला श्रेष्ठ शाक्यले प्रस्तुत कार्यक्रमको संयोजन निलकण्ठलाल श्रेष्ठ गर्नुभएको जानकारी दिनु भएको छ । कार्यक्रममा क्लवका Assistant Governor अशोक पोखरेल लगायतको सहभागिता रहेको थियो

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।