शनिबार, बैशाख १५, २०८१

दुइ देशवीचको सम्बन्धलाइ नयाँ आयाम दिने नवनियुक्त राजदुत डा.शाक्यको प्रतिवद्धता

    महिला चेम्बर अध्यक्षको जिम्मेवारी श्रेष्ठलाइ

काठमाडौं पुस २० , इजरायलका लागि नेपाली राजदूत नियुक्त हुनुभएकी नेपाल चेम्बर अफ कमर्स आबद्ध नेपाल महिला चेम्बरका अध्यक्ष अन्जान शाक्यको सम्मानमा विदाइ समारोह कार्यक्रमको आयोजना गरेका छन ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले डा.शाक्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै उहाँको कार्यकालमा नेपाल इजरायलवीचको सम्बन्धले नयाँ आयाम पाउँने विस्वास व्यक्त गर्नु भएको थियो । परराष्ट्र मामिलामा सक्रिय डा .  शाक्यलाई बिदाईका सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्षद्धय दिपक मल्होत्रा र कमलेश कुमार अग्रवालले महिला चेम्बरमा सक्रिय महिलाहरुलाई सदस्यता प्रदान गरेका थिए । यही अवसरमा डा.शाक्यका पिताजीलाइ समेत सम्मान गरिएको थियो । 

कार्यक्रममा डा .शाक्यले सम्हाल्दै आउँनु भएको महिला च्येम्बरको अध्यक्षको जिम्मेवारी ग्रहण गर्नु भएका उर्मिला श्रेष्ठ उपाध्यक्षमा सुष्मा शर्मा लगायतले डा.शाक्यको सफल कार्यकालका लागि शुभकामना सहित बधाई ज्ञापन गर्दै डा शाक्यलाई इजरायलका लागि राजदूत नियुक्त गरेकोमा नेपाल सरकारलाइ समेत धन्यवाद ज्ञापन गर्दै सरकारको यस निर्णय ले सम्पूर्ण महिला उधमीहरुमा उत्साहको सञ्चार भएको बताउँनु भएको थियो ।

त्यस्तै कार्यक्रममा डा.शाक्यले आफ्नो कार्यकालमा नेपाल र इजरायलवीचको सम्बन्धलाइ नयाँ उचाई दिनेहरसंभव प्रयास गर्ने बताउँदै यसवीचमा दुवै देश बिचको व्यापार, संस्कृति , प्रविधी,कृषि आदि क्षेत्रमा योगदान दिने प्रतिवद्धता अभिव्यक्त गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।