बिहिबार, चैत्र १५, २०८०

भक्तपुरमा ठूलो तरकारी बजार स्थापना, पुस २५ गतेदेखि सञ्चालनमा आउने

भक्तपुर पुस २१ रामचन्द्र प्रजापति , पर्यटकिय एवम् एतिहासिक नगरी भक्तपुरमा पहिलो ठूलो तरकारी बजार आउँदो पुस २५ गतेदेखि सञ्चालनमा आउने भएको छ । विगत विगत १८ वर्षदेखि कृषि पेशा र राजनितीमा समेत संलग्न रहँदै आउँनु भएका नेकपा भक्तपुरका जिल्ला कमिटी सदस्य श्यामसुन्दर बस्नेतको सक्रियतामा  मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको आठ रोपनी क्षेत्रफलमा कूल रु छ करोड ५० लाख लगनीमा शुरु हुनलागेको प्रस्तुत व्यवस्थित तरकारी बजारमा दुई रोपनी क्षेत्रफलमा पार्किङसमेतको व्यवस्था गरिएको  पत्रकार सम्मेलनमा दिईएको छ ।

भक्तपुर र भक्तपुरका पूर्वका कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादन काठमाडौं सम्म पुर्‍याउनु पर्ने बाध्यता हटाउँनुको अलावा कृषक र ब्यापारी विच हुने बिचौलियाको अन्त्य गर्न प्रस्तुत बजारको आवश्यकता महसुुस गर्दै आफुले यस किसिमको अवधारणा कार्यान्वयन गर्न लागेको बस्नेतले बताए । साथै बजारको शुभारम्भसंगै तरकारी बजार र सङ्कलन केन्द्रबाट प्रत्यक्षरुपमा १०० जनाभन्दा बढीलाई युवा विद्यार्थीलाई रोजगारी प्राप्त हुने तथा प्रत्येक पसलमा गरी करीब ८०० ले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाउने बताउँदै सञ्चालक बस्नेतले मध्यपुरथिमिको चारदोबाटो, गठ्ठाघर र सूर्यविनायकको बालकोटको मुख्य सडकबाट तरकारी बजारमा जान सक्ने गरी दुईतर्फी पक्की सडकसमेत विस्तार गरी बस्नेतले १३० सटर र १५० स्टल गरेर २८० तरकारी पसल रहने गरी तरकारी बजार निर्माण भएको जानकारी दिदै बजारमा आगामी माघे सङ्क्रान्तिलाई लक्षित गरेर यही पुस २५ गतेदेखि सस्तोमा तरुल बिक्री शुरु गर्ने र माघ १ गतेदेखि सबै तरकारी पाउने गरी सञ्चालन गरिनेछ जानकारी दिनु भएको छ ।

त्यस्तै पत्रकार सम्मेलमा उहाँले भक्तपुरको चारवटै नगरपालिकाका कृषकले उत्पादन गरेको तरकारी सङ्कलन गर्न चारवटै नगरपालिकाको प्रत्येक वडामा एक तरकारी सङ्कलन केन्द्र खोलिने उल्लेख गर्दै सञ्चालक बस्नेतले तत्कालका लागि १८ स्थानमा सङ्कलन केन्द्र खोलिने जानकारी दिदै बजारमा मौसमी तथा बेमौसमी तरकारी, फलफूल, दुर्गम गाउँमा उत्पादित विभिन्न प्रकारका तरकारी, पिठा, जिउँदो माछा तथा मासु, मसला, डेरी, बेकरी क्याफे, सौन्दर्यका सामग्रीदेखि व्यापारीलाई कारोवार गर्न सहज हुने गरी सहकारी संस्थासमेत सञ्चालन गरिने यस बजारको सुरक्षा व्यवस्था पनि चुस्त बनाउन तरकारी बजार प्रवेश गर्न दुई मुख्यद्वारमा र बजारभित्र २४सैँ घण्टा सुरक्षागार्डको व्यवस्था सहित बजारभित्र १८ सिसी क्यामरा जडान गरिएको बताए ।

कार्यक्रममा प्रमुख अथिति सुर्यविनायक नगरपालिकाका उपमेयर जुना बस्नेतले पार्टीको घोषणापत्र अनुसार कार्यथालनी गरेकोमा आफू अत्यन्तै खुशी रहेको बताउँदै तरकारी तथा फलफुल बजार सुव्यवस्थितरुपमा संचालनको लागि शुभकामना दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।