शनिबार, बैशाख १५, २०८१

गृहमन्त्री थापा र मन्त्री महासेठवीच जुहारी, ठेकेदारलाई कारवाहीको गरे त्यसको प्रतिवाद गर्छु

गृहमन्त्री थापा र भौतिक पुर्वाधार तथा यातायात मन्त्री महासेठवीच मतभेद

 काठमाडौं असार ४ ,गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारवाही प्रक्रिया बढाएका बेला भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका छन् । मन्त्री महासेठले आईतबार निर्माण व्यवसायीसमक्ष कुनै पनि व्यवसायीलाई पक्राउ पर्न नदिने प्रतिबद्धता मात्रै जनाएन, पक्राउ परेमा छुटाउने आशयको अभिब्यक्तिसमेत दिएका छन् ।  यसरी कामचोर ठेकेदार लाई कारवाही गर्ने विषयमा गृह र तालुक मन्त्रालयको कमान्ड समालेका दुई मन्त्रीबीच मतभेद देखिएको छ ।

नागरिक दैनिकको समाचार अनुसार काम नगर्ने ठेकेदारलाई पक्राउ गर्ने गृहको चेतावनीविपरित गई तालुक मन्त्रालयका मन्त्री महासेठले व्यवसायीलाई पक्राउ पर्नबाट जोगाउने प्रतिबद्धता जनाउँदै विरोधाभासपुर्ण टिप्पणी गरेको खबर आजको नागरिकमा प्रकाशित रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।