शुक्रबार, बैशाख १४, २०८१

  गायक बज्राचार्यको मनमगन अव नेपालभाषामा पनि

  • शरण ज्यापु हरि/अनुप प्रधान 

 काठमाडौं साउन २१ ,  संगीतको कुनै भाषा हुँदैन, संगीत आफैमा विश्व भाषा हो भन्ने मर्मलाइ सार्थकता दिदै गायक दिपक बज्राचार्यले आफ्नो पछिल्लो चर्चित गीत मनमगनको अपार सफलतापछि मनमगन गीतलाई नेपालभाषामा रुपान्तरण गर्दै एक विशेष कार्यक्रमविच युट्युवबाट सार्वजनिक गरिएको छ । संसारलाई नेपाली संगीतमा नचाऔं भन्दै नेपाली बाजाहरुको तालमा क्रीम अफ रीदम अभियान अगाडि बढाइएको गायक बज्राचार्यले बताए ।

अहिलेको युवा पुस्ताको पप शैलीका गीतमा बढ्दो रुचीलाइ दृष्टिगत गर्दै नेपाली मौलिक बाजाको फुयुजन गदै संसारलाई सुनाउने र नेपाली बाजको तालमा संसारलाई नचाउने उद्देश्य अन्तर्गत मनमगनलाई विभिन्न समुदाय, क्षेत्र, भूगोलमा पु-याउने उद्देश्य साकार रुप दिन पहिलो पाइला स्वरुप यस गीतको नेपालभाषा भर्सनमा सार्वजनिक गरिएको कार्यक्रममा जानकारी दिइएको छ । 

त्यस्तै तत्कालका लागि नेपालभाषामा सार्वजनिक गरिएको प्रस्तुत गित र निकट भविष्यमानै भारतको प्रतिष्ठित म्यूजिक कम्पनी डिजिट्युनसँगको सहकार्यमा हिन्दी भर्सनमा रिलिज हुन लागेको जानकारी समेत त्यस अवसरमा दिईएको छ ।

Publish on: Aug 6, 2018 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।