शनिबार, बैशाख २२, २०८१

काँडाघारीबाट बालक अपहरण गरि हत्या गर्ने नरपिपासु अजय र गोपाल तामाङ प्रहरी इन्काउन्टर’मा मारिए

 भक्तपुर साउन २१,  काठमाडौंको काँडाघारीबाट आइतबार अपरिहत बालकको हत्या भएको छ । सिन्धुपाल्चोक घर भइ काँँडाघारीमा बस्दै आएका खड्का दम्पतिले काँडाघारीमा सञ्चालन गर्दै आएको खाजा पसलमा आएर खाजा खाएर साँझ बच्चालाई घुम्न भनेर लिएर गइ अपहरण गरेका प्रहरीले जनाएको छ ।  अपहरणकारीले आइतबार बालकको अपहरण गरी ४० लाख रुपैयाँ फिरौती माग गरेका थिए । तर फिरौटी रकम दिन नसकेपछि अपहरणकारीले ११ वर्षीय निशान खड्का हत्यापछि वालको शव सोमबार भक्तपुरको सानोठिमीमा गाडिएको अवस्थामा भेटिए लगत्तै प्रहरीले अपहरण कारीको खोजी गर्नेक्रममा अपराध महाशाखाको टोलीसँग भिडन्त हुँदा दुईजना अपहरणकारीसमेत मारिएका छन् । मारिनेमा अजय तामाङ र गोपाल तामाङ छन् ।

अपराध महाशाखाको टोलीले भक्तपुरकै डोलेश्वर महादेव मन्दिरमाथि रहेको जंगलमा सोमबार दिउँसो अपहरणकारीलाई ‘इन्काउन्टर’ गरी मारेको छ । अपहरणकारी खोज्दै गएको महाशाखाको टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा दुईजना अपहरणकारी घटनास्थलमै मारिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहलाए उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ।  घटनास्थलबाट प्रहरीले एकथान पेस्तोल, दुई राउन्ड गोली र अपहरणपछि फिरौती रकम माग गरिएको सिमकार्ड प्रयोग गरिएको मोबाइल बरामद गरेको छ ।

Publish on: Aug 6, 2018 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।