काठमाडौं भाद्र २९, २०७२ बैशाख १२ को महाभूकम्पका कारण क्षतिग्रस्त कामपा वडा न २०स्थित काठमाडौंको परिचायक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको गतिलाइ तत्काल तिव्रता दिन र यसअघि काठमाडौ महानगरपालिका र काष्ठमण्डप पुनःनिर्माण समितिवीच भएको सहमति अनुरुपको कार्य सम्पादनको जानकारी एवम् समिक्षाका बैठक सम्पन्न भएको छ ।
१२ औं शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले निर्माण गराएको काष्ठमण्डप पुनःनिर्माणको क्रममा मण्डपको स्वरुप, शैली र संरचना पुरातात्विक प्रारुपमा पुरातत्व विभागबाट स्वीकृत भएबमोजिमको नक्साको आधारमा हुनुपर्ने जिकिर गरिएको उक्त बैठकमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, पुनिनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक शुशिल ज्ञवाली, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र स्थानीय वडा समितिका वडाध्यक्ष समेतको उपस्थिती रहेको उक्त बैठकमा काठमाडौ महानगरपालिकाले काष्ठमण्डप पुननिर्माणका लागि प्रदेश सासंद समेत रहेको समितिका अध्यक्ष राजेश शाक्य नेतृत्वको पुननिर्माण समितिलाइ गत ज्येष्ठ २९ गते एक औपचारिक कार्यक्रमकावीच पुननिर्माणका लागि प्रारम्भिक अनुदान रु ५० लाख उपलब्ध गराइ सकेपछिको अवस्थामा भएको कार्य प्रगतिको समेतको समिक्षा गरिएको थियो ।
समिक्षाको क्रममा समतिका अध्यक्ष सासंद शाक्यले निर्माण क्षेत्रको स्थान खाली गराउने काम भइरहेको बताउँदै आगमी मंसिर १५ गते जगको काम औपचारिक कार्यारम्भ गर्दै माघको १५ गते भित्र पहिलो तलाका थाम उभ्याउने र २०७६ असार मसान्तभित्र पहिलो तलाको पुननिर्माण सम्पन्न गर्ने समितिको तयारी रहेको बताउँनु भएको छ ।
त्यस्तै वैठकमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पुननिर्माणको प्राविधिक पक्ष पुननिर्माण प्राधिकरण र पुरातत्व विभागले र आर्थिक पक्ष महानगरले हेर्ने जनाउ दिदै लक्षित बजेटको सीमामा बसेर समितिले काम गर्नुपर्नेमा जोड दिदै कामको प्रगति लिखित रुपमा महानगरलाई प्राप्त हुनुपर्ने बताउँनु भएको छ । साथै वैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक शुशिल ज्ञवाली र स्थानीय वडाध्यक्षहरुले समेत जात्रा पर्व, काष्ठमण्डप र स्थानीयको सम्बन्धका विषयमा ख्याल गर्दै पुननिर्माणको कामलाइ तत्काल गति दिनुपर्नेमा आफ्नो मत राख्नु भएको थियो ।
साथमा यो पनि
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान