बिहिबार, बैशाख १३, २०८१

प्रतिनिधीसभा बैठक: विभिन्न विधेयकहरु पारित

 काठमाडौ भाद्र २९ प्र्तिनिधिसभाको आज बसेकोे बैठकले विभिन्न विधेयकहरु सर्वसम्मतिले पारित गरिएको छ ।  आज पारित भएका ति विभिन्न विधेयकहक्रमस उपप्रधानमनत्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रस्तुत गर्नु भएको ‘जनस्वास्थ्य विधेयक, २०७५’ ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, त्यस्तैगरि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको ‘भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५’ रहेका  छन ।

त्यस्तै आजनै  पारित भएका अको  विधेयकहरुमा  शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले प्रस्तुत गर्नुभएका ‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५’ कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले पेश गर्नुभएको ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक, २०७५’ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पेश गर्नुभएका उपभोक्ता संरक्षण विधेयक, २०७५’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रस्तुत गर्नुभएको रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’ रहेका छन ।

तालुकदार मन्त्रीहरुले छलफलका लागि विधेयक प्रस्ताव प्रस्तुत गर्दै गर्दा प्रस्ताव उपर विभिन्न सासंदहरुले छलफलमा भाग लिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।