शनिबार, बैशाख १५, २०८१

काङ्ग्रेस केन्द्रीय समितिको बैठक शनिवार

 काठमाडौ कार्तिक २९, नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर १ गते पार्टी मुख्यालयमा बस्ने भएको छ ।

बैठकमा मुलत भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा चुलिदै आएको समस्याको सम्बोधन सहित संघको प्रस्तावित विधान पारित गर्दै १२औँ महाधिवेशन तय गर्न आवश्यक नितिगत निर्णय गर्ने एजेन्दा रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै बैठकमा पार्टीको विधान संशोधन मस्यौदा सम्बन्धमा समेत छलफल हुने बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।