शुक्रबार, बैशाख १४, २०८१

काँग्रेस के.स.बैठक: नेविसङ्घका नेतालाई फौजदारी मुद्दा लगाउने सरकारको तयारी प्रति गम्भीर आपत्ती

काठमाडौ माघ २३ , प्रमुख प्रतिपक्षीदल नेपाली काङ्ग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले सरकारका जनविरोधी कदमहरुका विरुद्ध शान्तिपूर्ण प्रदर्शनका क्रममा पोखरामा सङ्घका नेताहरुलाई पक्राउ गर्दै फौजदारी मुद्दा लगाउँने सवालमा  सरकारले गरेको तयारीप्रति गम्भीर आपत्ती प्रकट गर्दै पक्राउ विधार्थी नेताहरुको तत्काल रिहाइको माग गरेको छ ।

त्यस्तै बैठकले  माघ २१ गते राष्ट्रव्यापी प्रदर्शनमा भएको लाखौँको जनसहभागिताप्रति आभार प्रकट गर्दै छोटोे समयमा भव्य प्रदर्शन अयोजना गर्ने पार्टीका सबै जिल्ला कार्यसमितिलाई धन्यवाद दिदै प्रदर्शनको समाचार व्यापक रुपले सम्प्रेषण गर्ने सबै सञ्चारमाध्यमलाई  समेत  बैठकले धन्यवाद ज्ञापन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा माघ २१ गतेको प्रदर्शन सकिए पश्चात धनुषा, सवैला नगरपालिका वडा नं.१० खरियानी टोलका पार्टी सदस्य उमेश कापडीलाई कम्युनिष्ट पार्टीका केही कार्यकर्ताले गरेको सांघातिक हमलालाई बैठकले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै प्रस्तुत घटनामा संल्ग्नलाइ पक्राउ गरि कारवाही गर्न सरकार समक्ष माग गरेको छ ।

आजको बैठकमा सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महेश आचार्य, बालकृष्ण खाँण, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, आनन्दप्रसाद ढुङ्गाना र मोहनबहादुर बस्नेतले आफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय कार्यसमितिको बैठक विहिवार माघ २४ गते बिहान ११ बजे पार्टीको कार्यालयमा पुनः बस्नेछ उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।