शुक्रबार, बैशाख १४, २०८१

सलोम क्लब र इजरायली राजदूतावासद्दारा शान्ति शिक्षा मन्दिरलाई खाद्यान्न सहयोग

काठमाडौ माघ २३,  काठमाडौं महानगरपालिका वडा न. १७ स्थित सामुदायिक विद्यालय शान्ति शिक्षा मन्दिरमा अध्यनरत विद्यार्थीलाई नियमित रूपमा खानाको व्यवस्था गर्ने इजरायल सरकारले खाद्यान्न सहयोग गरेको छ ।

उल्लेख्यरुपमा निम्नआय एवम् मध्यमवर्गीय अभिभावकका वालवालिका अध्यन गर्ने उक्त सामुदायिक स्कुलमा पोषणयुक्त खानपिन सहितको अध्यापनको आवश्यकतालाइ मनन गर्दै इजरायलमा अध्ययन गरेका नेपालीको समूह सलोम क्लब र इजरायली राजदूतावासले सयुक्तरुपमा तीनसय किलोग्राम दाल र दुई हजार किलोग्राम चामल प्रदान गरेको   जारी विज्ञप्ति उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले विद्यालयलाई खाद्यान्न सहयोग गर्न पाएकामा इजरायल खुशी अभिव्यक्त गर्नुभएको थियो । त्यस्तै इजरायलका लागि नेपाली राजदुत अन्जान शाक्यसमेत सम्बोधन गर्नुभएको उक्त कार्यक्रममा कामपा वडा न १७ का अध्यक्ष नवीन मानन्धरले भोको पेट विद्यालय आउनुपर्ने बाध्यताबाट विद्यार्थी मुक्त भएका बताउँदै उनीहरूको शैक्षिक उन्नयनका लागि इजरायलबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको उल्लेख गरिएको छ ।

साथै खाद्यान्न सहयोग हस्तान्तरणपूर्व विद्यालय परिसर र कक्षाकोठाको सरसफाइ समेत गरिएको जनाउँदै त्यस अवसरमा , पूर्व सासंद लक्ष्मीदास मानन्धर लगायतको उपस्थिती रहेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।