शुक्रबार, बैशाख १४, २०८१

काँग्रेस केन्द्रीय समिति बैठक शनिबार

  काठमाडौ भाद्र ८,  नेपाली काँग्रेसको आज बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी शनिबार बस्ने गरि स्थगित भएको छ । विधान मस्योदा समिति गठनसंगै अनुशासन र कार्यसम्पादन समिति समेत गठन प्रक्रिया अगाडि नबढाईएको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएपछि केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको बुझिएको छ ।

 आजको पूर्व निर्धारित बैठक बस्न नसकेपछि आजै नेताहरुवीच भएको छलफलमा शनिवार बस्ने बैठकमा पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति गठन सम्बन्धमा समेत छलफल गर्न सभापति शेरबहादुर देउवा सरकारात्मक भएसंगै नेताहरु शनिवार बैठक बस्न राजी भएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।