शुक्रबार, बैशाख १४, २०८१

कञ्चनपुर घटनाका दोषीलाई कारवाही गर्न कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री ओलीको जिकिर

 काठमाडौ भाद्र ९,  प्रधानमन्त्री केपी ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा घटनाका दोषीलाई कारवाही गर्न, पीडित परिवारलाई क्षतिपूर्ति दिन र शान्ति सुरक्षाको अवस्थालाई सामान्य बनाउन माग गर्दै  नेकपाका कैलाली र कञ्चनपुरका सांसद रहेका भीम रावल, लेखराज भट्टलगायत संगको ध्यानाकर्षण ुसहतको छलफलको क्रममा प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै प्रम ओलीले “कञ्चनपुर घटना हिंसा भड्काउने प्रयासको नमुना भएको जिकिर गर्दै त्यस्ता कामकारवाहीमा लागि परेको व्यक्तिको पहिचान गरी कारवाही सरकार प्रतिवद्ध रहेको र यसको लागि सुरक्षा निकायलाई निर्देशन दिइसकिएको जनाउ मिेत दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  बालिकाको बलात्कार गरी हत्या गर्ने जस्ता अमानविय व्यवाहार गर्ने  त्यस्तै अराजकता फैलाउँनेलाइ कारवाही हुन्छ । यसमा निश्चिन्त हुन आग्रह गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।