शुक्रबार, बैशाख ७, २०८१

पिताजीको स्मृतिमा रेडक्रस भवन

  बिर्तामोड भाद्र ९ ,  आफ्ना पुजनीय पिताजीको स्मृतिमा छोराहरुले रु २० लाखको लागतमा नेपाल रेडक्रस सोसाइटी उपशाखा बाह्रदशीको भवन निर्माण गरिदिएका छन् ।  समाजसेवी स्व सूर्यप्रसादको स्मृतिमा उहाँका छोराद्वय शान्तिप्रसाद र देवीप्रसादको आर्थिक सहयोगमा बनेको सो भवनको आज एक कार्यक्रमकावीच नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले गर्नुभएको छ । उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रेडक्रस झापाका सभापति ढकालले २६ वटा रेडक्रसका शाखामध्ये अब तीनवटा शाखाको मात्रै भवन नभएको र उनीहरुको पनि भवन निर्माणको चरणमा रहेको बताए । 

  आठ वर्ष अघि स्वर्गीय गणेशले प्रदान गरेको १५ धुर जग्गामा रेडक्रसको भवन निर्माण गरिएको हो भवन निर्माणका लागि नेपाल रेडक्रस सोसाइटीसँग आर्थिक समस्या भएपछि दाता परिवारले नै भवन निर्माण गरिदिएको उपशाखा वाह्रदशीका सभापति दयानन्द गोस्वामीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै भवन उद्घाटन कार्यक्रममा बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले प्रजातन्त्रका सेनानी स्व. सूर्यप्रसाद गणेशको चीरकालसम्म स्मरण रहने गरी उनका छोराले भवन निर्माण गरिदिनु आफैमा राम्रो काम भएको बताउँनु भएको थियो भने गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशीले मानवीय क्षेत्रमा रेडक्रसले पु-याएको योगदान अतुलनीय रहेको र जग्गासहित रेडक्रसका लागि भवन निर्माण गरिदिनु बाह्रदशी गाउँपालिकाकै गौरवको विषय रहेको बताइन् ।

भवन उद्घाटन समारोहमा शान्ति समिति झापाका पूर्व संयोजक सूर्यनारायण गणेशले स्व. सूर्यप्रसाद गणेश चकचकीको मात्रै नभई सिंगो झापाबासीको गहना भएको बताए ।   यसैबीच कार्यक्रममा जग्गासहित भवन निर्माण गरेर नेपाल रेडक्रस सोसाइटका लागि अतुलनीय योगदान पु¥याएको भन्दै दाता परिवारका तर्फबाट शान्तिप्रसाद गणेश र देवीप्रसाद गणेशलाई सम्मान गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु