शनिबार, बैशाख १५, २०८१

ओली सरकारको सय दिनको समिक्षा: नीति तथा कार्यक्रममा नीति राम्रो भए पनि कार्यक्रम नभएको काँग्रेसको टिप्पणी

  • संविधान संशोधनलाई सत्ताको बार्गेनिङ गर्ने अस्त्रको रुपमा प्रयोग गरेको आरोप
  •  प्रधानमन्त्री कार्यालयको मौजुदा शक्ति लाइ विस्तार गर्दै थप शक्तिशाली बनाउँनु आफैमा अराजक कदम
  •  जनताले अकल्पनीरुपमा महँगी व्यहोर्नु परेको पक्षलाइ हर्ने हो भने सरकारको रवैया आफैमा जनविरोधी

काठमाडौं जेठ ११,   काठमाडौ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केपी ओली सरकारको एक सय दिने समयको समिक्षा गर्दै सरकारले जारी गरेको स्वेतपत्रमा अर्थतन्त्रका नकारात्मक पक्ष प्रस्तुत गर्दै राज्यको ढुकुटी रित्तो रहेको र अर्थव्यवस्था निराशा छ भन्ने अनि त्यही अर्थतन्त्र राम्रो रहेको आधारमा नीति तथा कार्यक्रममा दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य सहित प्रस्तुत गर्ने रवैया सरकारको दोहोरो चरित्र भएका बताउँदै अवका दिनमा प्रतिपक्ष दलको तर्फबाट सरकारका थप कमीकमजोरी औँल्याएर ऐना जस्तै देखाउँदै जाने बताउँनु भएको छ ।

त्यस्तै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्दारा जारी समिक्षापत्रको सुरुमानै सरकार गठनका बेला प्रधानमन्त्रीले सांसद पदको शपथ नगरी प्रधानमन्त्री पदको शपथ गर्न मिल्दथ्यो कि मिल्दैन थियो भन्ने प्रश्न गर्दै ईश्वर, जनता र देश कसैको नाममा पनि शपथ नगर्नु विसंगतिको शुरुआत भएको भनी टिप्पणी गर्नुभएको छ । साथै उहाँले मुलुक संघीयतमा गइसक्दा पनि प्रधानमन्त्री कार्यालयको मौजुदा शक्ति लाइ विस्तार गर्दै थप शक्तिशाली बनाउँनु आफैमा अराजक कदम भएको जिकिर गर्नुभएको छ । साथै उहाँले अहिले सरकारले संविधान संशोधनलाई सत्ताको बार्गेनिङ गर्ने अस्त्रको रुपमा प्रयोग गरेको आरोप लगाउँदै उहाँले संविधान संशोधन प्रस्ताव ल्याउँछु भन्ने तर नल्याउने अर्को विसंगति भएको बताउनुभएको छ ।

 समिक्षको क्रमम प्रवक्ता शर्माले सरकार गठन भएको १०० दिन बित्दा पनि न्यायालयलाई नेतृत्वविहीन बनाइ राख्नु आफैमा लज्जास्पद पक्ष भएको जिकिर गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सरकारले प्रदर्शन संगै यसवीचमा जनताले अकल्पनीरुपमा महँगी व्यहोर्नु परेको पक्षलाइ हर्ने हो भने सरकारको रवैया आफैमा जनविरोधी रहेको भन्दै सरकारको तर्फबाट प्रस्तुत नीति तथा कार्यक्रममा नीति राम्रो भए पनि कार्यक्रम नभएको टिप्पणी गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।