शुक्रबार, बैशाख १४, २०८१

उदाउँदो सूर्यदेवलाइ प्रातकालीन अर्घ अर्पणगरेसंगै आजबाट छठपर्व सकियो

काठमाडौं कार्तिक  २८, कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व आज बिहान  ६ बजेर २२ मिनेटको समयमा उदाउँदो सूर्यदेवलाइ प्रातकालीन अर्घ अर्पणगरेसंगै समापन भएको छ ।

यसअघि मंगलवार उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमती निारमा पुगेर वर्तालुले छठ पर्वको मुख्य पूजा अर्थात उपासना सहित अस्ताउँदो सूर्यदेवलाइ अर्घ अर्पण गर्दै सँझिया घाट धुमधामका साथ मनाइएको थियो

यसअघि सोमवारका दिन ब्रतालुहरुले खरना पूजा गर्दै राति खीर, पुरी लगायतका वस्तुहरु गृह देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात बिना नुनको खानेकुराहरु खाएका थिए । छठमा विशेषगरि पीठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, उखु, केरालगायतका सामग्रीहरु प्रसादका रुपमा अर्पण गरेका थिए ।

छठ पर्वको विषयमा पौराणिक ग्रन्थ महाभारतमा उल्लेखभएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेसंगै पाण्डवहरुको यावत समस्या समाधान भएको आख्यान पाइन्छ । समग्रमा छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति हुनुको अलावा मनोकामना पूरा हुनु र चर्मरोगबाछ छुटकारा पाइने पछिल्ल्लो जनविश्वास समेत रहेको पाइन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।