शनिबार, बैशाख ८, २०८१

अस्ताउँदो सुर्यलाई अर्घ अर्पण गर्दै सँझिया घाट मनाइयो

काठमाडौ कार्तिक २७,  आज राजधानी लगायत तराइका धेरैजसो जिल्लामा सूर्यदेवको उपासना गर्दै आज छठ पर्वको मुख्य पूजा अर्थात सँझिया घाट धुमधामका साथ मनाइएको छ । आइतवार देखि सुरु भएको छठपर्व अन्तर्गत आज साँझ अस्ताउँदो सुर्यलाई अर्घ अर्पण गरिएको हो ।

राजधानीस्थित टङकेश्वर कमलपोखरी शंvमुल गौरी घाट, , गुह्येश्वरी, गहनापोखरी लगायतका नदी किनारमा बर्तालुले उखु, केरा, नरिवल, मिठाईलगायत विभिन्न परिकारसहित छठीमाईको पूजा अर्चना गर्दै अस्ताउँदो सूर्यलाई अघ्र्य दिदै आजको सँझिया घाट सम्पन्न गरेको हो । त्यस्तै परिवारको सुखशान्ति समृद्धिको कामना गर्दै मनाइने छठ पर्व अन्र्तगत बुधबार बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिदै छठ वर्तको समापन गर्ने गरिन्छ ।

यसैवीच आज छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न कार्यक्रममा सरिक भएर सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गर्नुभएको छ । त्यस्तै गरि धार्मिक संघसंस्थाका पदाधिकारीहरुले पनि सूर्य देवको पूजाअर्चना गर्नु भएको छ । हाम्रा सहकर्मीका अनुसार गहनापोखरीमा विश्व हिन्दू महासंघकी महासचिव अस्मिता भण्डारी लगायतका पदाधिकारीको सहभागीता रहेको बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।