शनिबार, बैशाख १५, २०८१

आयोगद्वारा इयुको निर्वाचन पर्यवेक्षण प्रतिवेदन अस्वीकार

युनियनको प्रतिवेदनले आफैँमा विश्वसनीयताको संकट पैदा गरेको काउन्सिलको जनाउ

काठमाडौ चैत ८,  निर्वाचन आयोगले गत मंसिर १० र २१ मा  सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पर्यवेक्षणबारे युरोपेली सङ्घद्वारा जारी प्रतिवेदन अस्वीकार गरेको छ ।  आयोगद्दारा आज जारी विज्ञप्त्मिा इयुको प्रतिवेदन र संस्थाले जारी गरेको प्रेस विज्ञप्ति आफैमा भ्रामक, तथ्यहीन र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण आचारसंहिताविपरीत रहेको जनाउ सहित निर्वाचन पर्यवेक्षण प्रतिवेदन आयोगलाई पूर्णतः अस्वीकार्य रहेको छ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा प्रस्तुत प्रतिवेदन पर्यवेक्षणका लागि आयोगसंग भएको सम्झौताको क्रममा जारी आचारसंहिताको १२ न बुँदा मा उल्लेख भएको भावना विपरित तयार गरिएको जिकिर गरिएको  छ ।

यसैवीच प्रेस काउन्सिल नेपालले पनि निर्वाचन पर्यवेक्षणबारे युरोपियन युनियनद्वारा जारी प्रतिवेदनप्रति आपत्ति जनाउँदै विना तथ्यपरक जानकारी सतही रुपमा काउन्सिलको गठन विधि, कार्यक्षेत्र, भूमिका र प्रभाव क्षेत्रको वस्तुगत विश्लेषण गरिएको भन्दै दुःख व्यक्त गरेको छ ।  त्यस्तै आमनिर्वाचनमा उत्साहजनक सहभागिता रहेको परिप्रेक्ष्यमा युरोपियन युनियनको प्रतिवेदनले आफैँमा विश्वसनीयताको संकट पैदा गरेको काउन्सिलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

 

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।