शुक्रबार, बैशाख १४, २०८१

अकुत सम्पत्ति आर्जन मुद्धामा दुई करोड ५० लाख धरौटी बुझाएर खड्का तारेखमा छुटे

काठमाडौ माघ २९,  नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का रु दुई करोड ५० लाख धरौटी बुझाएर आज रिहा भएकf छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस २३ गते खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

प्रस्तुत मुद्धाको सुनवाइको क्रममा विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य तथा नारायणप्रसाद पोखरेलको इजलासले मंगलबार बहसपछि  अदाललते तोकेको  धरौटी रकम    नेपाल इन्भेस्टमेन्ट बैंकको बैंक ग्यारेन्टी राखेर धरौटीमा खड्का रिहाभएको    प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।