शुक्रबार, चैत्र १६, २०८०

कांग्रेस केन्द्रीय समिति: नेविसंघको मौजुदा कार्यसमितिको सवै तह र तप्का भङ्ग

काठमाडौ माघ २९,  नेपाली कांग्रेस केन्द्रीय समितिले भातृसंगठन नेपाल विद्यार्थी संघको कार्यसमिति भंग गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले नैनसिंह महर नेतृत्वको कार्यसमितिको कार्यकाल थप नगर्ने निर्णय गर्दै सबै मनोनयन बदर गर्ने निर्णय गरेको हो । नेविसंघका अध्यक्ष नैनसिंह महरले सोमबारनै पदबाट राजीनामा दिइसेका छन ।

साथै बैठकले नेविसंघको महाविधेशन गर्न तदर्थ समिति बनाउने निर्णय गरेपनि तदर्थ समितिको नेतृत्व एवम् कार्यसकितिमा कोको रहने भन्ने विषयमा भने बैठकले कुनै निर्रक्यौल गरेको छैन ।

आजको बैठकमा भाग लिन जाँदै गर्दा संघका नेताहरुले सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री डा। शशांक कोइराला, पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायत नेताहरुलाई कार्यालयको मूलढोकामा नै विधानविपरीत ३२ वर्षभन्दामाथिका नेताको नेतृत्वमा तदर्थ समिति बनाए समानान्तर कमिटी बनाउने चेतावनी दिएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।