बुधबार, बैशाख १९, २०८१

१५ लाख घुससहित इञ्जिनीयरत्रय पक्राउ

काठमाडौ साउन ४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ लाख घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका इञ्जिनीयरत्रयलाइ घुस रकम सहित आज पक्राउ गरेको छ ।

बर्दियाको गेरुवा गाउँपालिकाबाट इञ्जिनीयरत्रय कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझासमेतलाई रु १५लाख घुस बापतको रकम लिइसकेको अवस्थामा आयोगको नेपालगञ्ज टोलीले रंगेहात पक्राउ गरिएको उल्लेख गर्दै निजहरुउपर आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

यसैवीच आयोगले सिरहाको गोलबजार नगरपालिकाका सवइञ्जिनीयर उमा श्रेष्ठलाई सेवाग्राहीसँग रु ५० हजार घुससहित पक्राउ गरेको आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु