बुधबार, बैशाख २६, २०८१

देशको पूर्वी र मध्य क्षेत्रमा भारी वर्षाको सम्भावना : पूर्वानुमान महाशाखा

काठमाडौ साउन ५ , जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम सम्बन्धी विशेष बुलेटिनमा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले देशको केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार उक्त प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउँदै आइतबार देशभर सामान्य बदली रही देशको पूर्वी र मध्य क्षेत्रका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।त्यस्तै सोमबार देशभर आंशिकदेखि सामान्य बदली हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँएको छ ।

यसैवीच बाढी पूर्वानुमान महाशाखाले प्रदेश नं १, ३, ५ र गण्डकी प्रदेशका मध्यपहाडी तथा चुरेको भू–भागबाट बहने केही साना नदीमा आकस्मिक बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन जरुरी रहेको जनाउँदै पहाडी भू–भागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलामा जल सहत बढ्नसक्ने भएकाले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।