शनिबार, बैशाख ८, २०८१

अन्तत, महानगरपालिकामा रजगज गर्दै आएका प्रशासन विभागका प्रमुख कार्की मन्त्रालय तानिए

काठमाडौ साउन ५ ,काठमाडौं महानगरपालिकामा स्थानीय निर्वाचन पूर्वको द्इ दशक भन्दा लामो समयसम्म एकलौटी रजगज सहित   स्थानीय निकायको निर्वाचन पछि जनप्रतिनिधी निर्वाचित भइ स्थानीय सरकार गठन भइसक्दा पनि निर्वाचित जनतिनिधी समेतलाइ गुमराहमा राख्दै हैकमवाद चलाउदै आएका प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्की अन्तत मन्त्रालय तानिएका छन । गत ३१ असारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकामा पत्र पठाउँदै कार्कीलाई अर्को निर्णय नभएसम्म मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको बुझिएको छ ।

 समाचार स्रोतका अनुसार एकातर्फ वाहलवाला निर्वाचित महानगर प्रुमुख विद्यासुन्दर शाक्यबाट आफ्नो अभिष्ट पूरा गराउँन विगतमा दलीय समयन्त्रको समयमा भएको सहकार्य लगायतका पक्ष सम्झाउँदै हिड्ने र अर्कोतर्फ कर्मचारीवृतमा अहिलेका प्रमुख विद्यासुन्दरलाई त फनफनी नचाई दिन्छु उ मेरै मान्छे हो प्राबिधिक रुपमा पो उ मेयर असली मेयर त मै हो भन्दै कर्मचारीलाइ थर्काउने रणनिती अख्तियार गर्दै हिड्ने गरेका प्रशासन विभागका प्रमुख कार्कीलाइ मन्त्रालयमा तानिएपछि कामपा कर्मचारी वृतमा नयाँ उमंग सिर्जना भएको समाचार स्रोतले बताएका छन ।

समग्रमा सिङ्गगो महानगरका कर्मचारी वृतमा प्रभाव जमाउँदै आइरहेका कार्कीले पछिल्लो समय आर्थिक लाभककै कारण  सर्वोच्च अदालतबाट जारी आदेश विपरित शहरको शुन्दरता नै कुरुप हुने गरी  महानगरपालिका क्षेत्रभित्र अवैधानिकरुपमा होडिङ्ग बोर्ड राख्न स्वीकृती दिदै मनमौजी रुपमा अर्थलाभ लिदै आएको थियो । त्यस्तै कामपामा मोवाइल प्रकरण किर्ते कागजात सहितको खुलामञ्च अतिक्रमण प्रकरण लगायतका यावत विवादास्पद निर्णयमा प्रत्यक्ष वा परोक्ष सरोकार राख्दै आएका कार्कीको यी र यस्ता यावत क्रियाकलापका कारण आजित भएका कामपा प्रमुख शाक्यले घुमाउरो पारामा मन्त्रालय तान्न दिएको दवावकै कारण  कार्कीलाइ मन्त्रालय तानेको बुझिएको छ ।

त्यस्तै कहिले राजवादी  कहिले माओवादी   कहिले कांग्रेस त कहिले   तत्कालीन  एमाले हुँदै हाल नेकपाको समर्थक् रहेको नाटक गर्दै मञ्चन गर्दै कर्मचारीवृतमा  दवाव कायम गर्दै आएका कार्कीको नौटङ्कि कै कारण तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादव कोइरालाले होडिङ्गवोर्ड प्रकरणको छानविनका लागि गठित थपलिया समितिको प्रतिवेदनको आधारमा कार्कीमा निहित केहि अधिकार कटौती गर्दै अर्का तत्कलीन सहसचिव राजेश्वर ज्ञवालीलाइ अधिकार प्रत्यायोजित गरेपछि विछिप्त भएका कार्कीले अनेकन परिपञ्च सहित प्रशासकीय अधिकृत कोइरालाको कामपाबाट वहिर्गमन गराउँन समेत महत्वपूर्ण मूमिका खेलेको बताईएको छ ।

यसअघि काठमाडौं महानगरपाकिाको प्रवक्ता समेत रहेका कार्कीलाइ निर्वाचित जनप्रतिनीधी आएसंगै प्रवक्ताको जिम्मेवाीबाट मुक्त गरिएपछि केहि राहतको आभाष गरेका कर्मचारीवृतले कार्कीलाइ मन्त्रालय तानेपछि काठमाडौं महानगरपालिकाका अन्य विभागीय प्रमुखहरुले आफुलाइ दवाव र प्रभावबाट मुक्त भएको आभाष गर्दै अव काठमाडौं महानगरपालिकामा केहि सुधार हुँने बताउँन थालेका छन ।

त्यस्तै  गत बुधबार नै महानगरपालिकाका वहालवाला प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले कार्कीलाई मन्त्रालयमा हाजिर हुनका लागि रवाना तोक लगाएपनि कार्कीले  महानगरमा रहदाँको समय भए/ गरेका यावत आर्थिक् चलखेल सहितको विवादास्पद निर्णय उपर छावविन हुने भएका कारण कामपा   छोडेर मन्त्रालय हाजिर हुनु भन्दा राजीनाम दिने मनस्थिती समेत बनाएको दावी गरेका छन ।

स्मरण रहोस प्रशासन विभागका प्रमुख कार्कीले पछिल्लो समय जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका म्यानेजर मनोज भेटवाललाई खुलामञ्चको जग्गा अतिक्रमण गर्दै अस्थायी बसपार्कमा सटर हाल्न सहमति दिने क्रममा मनग्ने आर्थिक चलखेल गरेको महानगर कर्मचारी स्रोतका भनाइ रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।