शुक्रबार, चैत्र १६, २०८०

गुठीको जग्गा भन्दै कामपा वडा न. १२ टेकुस्थित् निर्माणाधिन आधारभूत विद्यालय भवन ध्वस्त बनाइयो

काठमाडौं साउन ४,  राजधानीको कामपा वडा न. १२ टेकुस्थित् पचली भैरब मन्दिर परिसरमा पुनः निर्माण प्राधिकरण र महानगरपालिकाको सहयोगमा बन्दैगरेको महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय भवन छिनभरमै ध्वस्त भएको छ ।

पचली भैरवका गुठियारहरुले आफूसँग छलफल नै नगरी विद्यालय भवन निर्माण गरिएको जनाउ दिदै गुठियार, संपदा संरक्षण संघर्ष समितिलगायतले भवन निर्माण गर्न उठाएको पिलर काटेर ढाल्नुको साथै भवन निर्माणमा प्रयोग हुने फर्मा लगायतका सामाग्री समेत जलाउँदै उक्त निर्माणधिन विद्यालय भवनको संरचना ध्वस्त बनाएका हो ।

२०१७ सालमा स्थापित् विद्यालयभवन २०७२ को भूकम्पले चिरा–चिरा पारेपछि हामीले वडा कार्यालयको सिफारिसमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र महानगरपालिकाको अनुमतिमा बन्दै गरेको अवस्थामा हाम्रो सम्पदाको संरक्षणहामी गछौं हामीसंग कुनै सल्लाह नगरी भवन बनाएन नपाइने बताउँदै संरचना ध्वस्त बनाएको स्थानीयले जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।