मङ्लबार, बैशाख २५, २०८१

काँग्रेस प्रवक्ता शर्माले प्रम ओलीलाई मेन्सन गर्दै भने- आफ्ना मन्त्रीलाइ सम्हाल्नु हुन्छ कि लगाम उपहार पठाउ

सरकारका प्रवक्ता बाँस्कोटाको अभिव्यक्तिप्रति काँग्रेस प्रवक्ता शर्माको प्रतिउत्तर हलेदो भनेर चिनिसकेपछी धेरै कोट्याउनु हुन्न

काठमाडौ असार २६, असार १९, २३ र २४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले काँग्रेस दिनमा बिपी र रातमा विप्लव’ भएको बताउँदै काँग्रेसलाइ हिंसाबारे आफ्नो दृष्टिकोण प्रष्ट बनाउँने सवालमा दिनु भएको अभिव्यक्तिसंगै मुलुकको राजनैतिक वृतमा नयाँ तरंग तरंगित भएको छ ।

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको प्रस्तुत अभिव्यक्ति विरुद्ध नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत कडा आपत्ती जनाउँदै प्रवक्ता शर्माले ‘ ससंद जस्तो गरिमामय ठाउँमा प्रधानमन्त्रीले नै जब असंसदीय शब्द बोल्नुहुन्छ भने तब कुनै फोटोकपी मन्त्रीसँग संस्कारको अपेक्षा कसरी गर्नु भनेर व्यङ्ग्य गर्दै शर्माले अराजनीतिक बोलीको जवाफ दिंदै हिंड्नु उचित नहुने बताउँनु भएको छ ।

साथै प्रवक्ता शर्माले प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै आफ्ना मन्त्रीलाइ सम्हाल्नु लगाम उपहार पठाउं कि सम्हाल्नु हुन्छ भन्दै चेतावनी दिएका छन् । साथै हलेदो भनेर चिनिसकेपछी धेरै कोट्याउनु हुन्न भन्दै प्रधानमन्त्री केपी ओलीलाई सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता बास्कोटालाई सम्हाल्न अन्यथा समस्या गम्भीर बन्ने भाव अभिव्यक्त गरेका छन ।

बिहीबार पत्रकार सम्मेलनका क्रममा विप्लवबारे कांग्रेसको धारणा माग्दै प्रवक्ता तथा मन्त्री बास्कोटाले कांग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई समर्थन गरेको आरोप लगाएका थिए ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु