शनिबार, बैशाख ८, २०८१

संविधानप्रदत्त आरक्षण सुनिश्चिताको माग गर्दै साउन २ र १० गते नेपाल बन्दको आव्हान

काठमाडौ असार २६, लोकसेवा आयोगले निकालेको विज्ञापनको विरुद्ध विज्ञापन खारेज गर्न माग गर्दै आरक्षण बचाऔ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले विशाल जनप्रदर्शन सहित मसाल जुलुस, एवम् नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरेको छ ।

संघीय गणतन्त्र नेपालको संविधान बिपरित, समानुपातिक समावेशी सिद्धान्तको भावना र आरक्षणको मर्मविपरीत लोकसेवा आयोगले विज्ञापन निकालेको भन्दै महासंघले संविधानप्रदत्त आरक्षण सुनिश्चित गर, राज्य व्यवस्था समितिको निर्देशन पालना गर, आरक्षण सुनिश्चिताका लागि प्रस्तुत आन्दोलनको घोषणा गरेको हो ।

घोषित आन्दोलनका कार्यक्रम अन्र्तगत २०७६ असार २८गते गते प्रचारप्रसार र पर्चा वितरण,असार २९ गते काठमाडौ उपत्यकाको विभिन्न स्थानमा मसाल जुलुस, २०७६ असार ३० गते साँझ सिठ्ठी जुलुस , असार ३१ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन, साउन २ र १० गते नेपाल बन्द आव्हान गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।