बुधबार, बैशाख १९, २०८१

३ न प्रदेश सरकारको बजेट रु ४७ अर्ब ८० करोड

हेटौडा असार १,  प्रदेश नं ३ को प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष ०७६÷७७ का लागि कूल रु ४७ अर्ब ६० करोड ८० लाख ८९ हजारको बजेट प्रस्तुत गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बैठकमा प्रस्तुत बजेट पेश गर्दै बजेटमध्ये चालूगततर्फ २४ अर्ब ४० करोड ७९ लाखको बजेट र पूँजीगततर्फ २२ अर्ब ८३ करोड ८९ लाख ९६ हजार र वित्तीयतर्फ ३० करोडको बजेट छुट्याइएको जानकारी दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

साथै उहाँले बजेटमा मुलत प्रदेशको १३ वटै जिल्लामा राष्ट्रिय गौरवको आयोजना नयाँ औद्योगिक क्षेत्रको स्थापना कृषि , गरिबी न्यूनीकरण गर्ने कार्यक्रम पर्यटन, अस्पतालको स्तरोन्नति, सामूहिक खेतीलगायतका विषयलाइ प्राथमिकता दिइएको उल्लेख गरिएको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।