काठमाडौं फागुन २२, राष्ट्रिय जनता पार्टी नेपालका नेता ज्ञानेन्द्र झाले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेको ७८ लाख रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई बुझाएको स्वीकार गरेका छन्। आयोगका तत्कालीन आयुक्त पाठकको रकम लेनदेनसम्बन्धी अडियो–भिडियो प्रकरणमा मुछिएका झाले अख्तियारसँगको बयानमा आफूले पाठकलाई उक्त रकम बुझाएको स्वीकार गरेका हुन्।
झाको राजनारायणसँगको सम्पर्क भाइ शुभनारायणमार्फत भएको थियो। शुभनारायणलाई तत्कालीन तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको सिफारिसमा पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ विभागको डिन बनाइएको थियो। छोरीलाई पढाउन भनेर शुभनारायणले झासँग १५ लाख रकम लिएका थिए। उनले त्यो रकम फिर्ता गरेनन्। झाले पाँच वर्षअघि जनकपुरमा इन्जिनियरिङ कलेजको सम्बन्धन मागे पनि शुभनारायणले दिएका थिएनन्।
झाले भनेका छन्, ‘पाठकलाई एकपटक ४० लाख र अर्कोपटक ३८ लाख रकम दिएको हुँ।’ अख्तियारले झासँग शुक्रबार, आइतबार र मंगलबार बयान लिएको छ। ‘न्यौपानेको कलेजमा विवाद रहेछ। साथीभाइका नाताले न्यौपानेले एकपटक आयुक्तसँग भेट्ने कुरा गर्नुभयो,’ झाले लिखित बयानमा भनेका छन्, ‘दसंैअगाडि राजनारायणसँग भेट गराएको हुँ। न्यौपानेले आफ्ना कुरा राख्नुभयो, पाठकले सहयोग गर्छु भन्नुभयो।’
झाको राजनारायणसँगको सम्पर्क भाइ शुभनारायणमार्फत भएको थियो। शुभनारायणलाई तत्कालीन तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको सिफारिसमा पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ विभागको डिन बनाइएको थियो। छोरीलाई पढाउन भनेर शुभनारायणले झासँग १५ लाख रकम लिएका थिए। उनले त्यो रकम फिर्ता गरेनन्। झाले पाँच वर्षअघि जनकपुरमा इन्जिनियरिङ कलेजको सम्बन्धन मागे पनि शुभनारायणले दिएका थिएनन्।
यहीबीचमा नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष न्यौपानेसँग झाको सम्पर्क भयो। ‘व्यक्तिगत रूपमा मैले राजनारायणलाई चिनेको थिइनँ, भाइमार्फत चिनेको हुँ,’ उनले भनेका छन्। राजनारायणले लम्बोदरलाई भेटको ४/५ दिनपछि झालाई फोन गरेर साथीको मुद्दा मिलाइदिने वचन दिएका थिए। ‘एक करोड ६५ लाखमा काम हुन्छ भने। त्यसपछि म र लम्बोदर चकित पर्यौं,’ बयानमा उल्लेख छ, ‘मलाई बोलाएर पैसा ल्याउन भने। डुबेको १५ लाख पछि फिर्ता गरिदिन्छु भने।’ राजनारायणको प्रस्तावप्रति चासो नदिएपछि अख्तियारबाट फोन आएको उनले जनाएका छन्। ‘अख्तियारबाट घरमा पुलिस पठाएर उठाउँछु, लम्बोदरलाई सुनाइदिनू भनेर फोन आयो’, झाको बयानमा उल्लेख छ, ‘लम्बोदर डराएर दुईपटक गरी ७८ लाख रुपैयाँ ममार्फत पाठकलाई बुझाएका हुन्।’
पैसा लिएर काम नगरिदिएपछि अडियो–भिडियो तयार गर्न थालेको झा बताउँछन्। यसपछि सत्तापक्षका एक प्रभावशाली नेतालाई भेटेर राजनारायणको कर्तुतबारे कुरा राखेको उनको बयानमा उल्लेख छ। ‘उनले सहयोग गर्ने वचन दिए। धेरै मान्छेलाई राजनारायणले दुःख दिएको थियो,’ उनले भनेका छन्। अन्नपूर्णपोष्टबाट
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान