मङ्लबार, बैशाख २५, २०८१

शिर्षनेताहरुले सचिवालय बैठक बहिस्कार गरेसंगै नेकपा भित्रको आन्तरिक असन्तुष्टि छताछुल्ल

काठमाडौ मंसिर २२ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का चार नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहिस्कार गरेका छन् ।

सचिवालय बैठकको लागि पूर्व निर्धारित समयलाइ पार्टी अध्यक्षद्दय केपी ओली र पुष्पकमल दाहालसंगै  रामबहादुर थापा र ईश्वर पोखरेल बैठकमा नपुगेपछि बैठकमा सहभागीताको लागि पुगेका नेताहरु के कति कारणले   बैठकमा आइनपुको हो भन्ने सूचना समेत प्राप्त गर्न नसकेपछि उनिहरु बैठक बहिस्कार गर्दै बालुवाटारबाट बाहिरिएको हो ।

दिउँसो ३ बजेका लागि बोलाइएको सचिवालय बैठकका लागि यसरी अध्यक्षद्दयको  नजर अन्दाज प्रवृतिप्रति  विमति राख्दै   माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम लगायतका नेताले वहिष्कार गर्दै प्रम निवासबाट वाहिरेसंगै नेकपा भित्र चुलिँदै गएको आन्तरिक असन्तुष्टि  छताछुल्ल भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु