बिहिबार, बैशाख १३, २०८१

सामाजीक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका आवश्यक : सरोकारवाला

काठमाडौं मंसिर २२,  सामाजीक संञ्जालको प्रयोगमा बढ्दो विचलन न्यूनिकरणका लागि सञ्जाल प्रयोग निर्देशिका तयार पार्ने लक्ष्य अनुरुप नेपाल पत्रकार महासंघ, डिजिटल मिडिया समितिको आयोजना र सेन्टर फर मिडिया रिसर्चको सहकार्यमा आज राजधानीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन । कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकारले सामाजीक सञ्जालमा राख्ने निजी विचारले पत्रकारले लेख्ने समाचारको विश्वासनीयतामा प्रभाव पार्ने भन्दै पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी संहिता आवश्यक रहेको जनाउ दिनु भएको छ ।

त्यस्तै पत्रकार महासंघका सचिव तथा कार्यदलका संयोजक प्रकाश थापाले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका निर्माणको आवश्यकता औचित्य माथि प्रकाश पार्दै सामाजिक सञ्जालमा पत्रकार प्रस्तुतिलाइ परिमार्जन गर्नका लागि महासंघ आवद्ध सदस्यहरुलाई लक्षित गरेर सामाजिक सञ्जाल प्रयोग निर्देशिका संहिता बनाउन लागिएको बताउनुभयो ।

त्यस्तै सेन्टर फर मिडिया रिसर्च सेन्टरका कार्यकारी निर्देशक उज्ज्वल आचार्यले पत्रकारिताको धर्म निर्वाह गर्न पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी संहिता आवश्यक रहेको धारणा राख्नुभएको उक्त कार्यक्रममा अधिवक्ता एवम् इन्टरनेट गर्भनेन्स इन्स्चियुटका प्रमुख कार्यकारी अधिकृत बाबुराम अर्यालले समग्र पत्रकारिता जगतको नियमनका लागि निर्देशिका आवश्यक रहेको जनाउ दिनु भएको थियो ।

नेपाल पत्रकार महासंघ डिजिटल मिडिया समितिका संयोजक लेखनाथ न्यौपानेले नेपालको समग्र पत्रकारिता क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन पत्रकारका लागि सामाजीक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा सहभागी वक्ताहरुले महासंघका सामाजिक सञ्जाल निर्देशिका निर्माण गर्नेक्रममा पत्रकारहरुले आफ्नो विचार वा अभिव्यक्तिलाइ प्रस्तुत गर्दा नागरिक एवम् व्यक्तिगत उत्तरदायित्वलाइ कदापी नजर अन्दाज गर्न नहुने र सामाजिक सञ्जालमा कस्तो सामाग्री प्रस्तुत गर्ने भन्ने जस्ता सवालमा आआफ्नो अभिमत प्रस्तुत गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।