बुधबार, बैशाख २६, २०८१

योगदानमा आधारित सामाजिक सुरक्षाको योजनाहरु सुभारम्भको पहिलो गाँसमै झिङगा

  • निमन्त्रणापत्रमा गम्भीर त्रुटी

  • तस्वीरसहितको प्रचारसामग्रीको सर्वत्र आलोचना

काठमाडौं मंसिर ११, नेपालको संविधानको धारा ३४ को उपधारा २ मा उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक सम्बन्धी गरिएको व्यवस्था अन्र्तगत सामाजिक सुरक्षाका क्षेत्रमा नयाँ युगको शुरुवात गर्ने लक्ष्य अनुरुप श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो सामाजिक सुरक्षा दिवस अन्र्तगत देशभर एकैपटक प्रधानमन्त्री केपी ओलीबाट सुभारम्भ गर्न लागेको ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरु ’ पहिलो गाँसमै झिङगा भएका छन ।

एकार्फ सरकारले निकै तामझामका साथ घोषणा गर्न लागेको  प्रस्तुत कार्यक्रमको प्रचारप्रचारका करोडौं रकम खर्च गर्दै अवलम्वन गरिएको विज्ञापन शैली अर्को तर्फ कार्यक्रममा उपस्थित हुन वितरण गरिएको निमन्त्रणा कार्डमा भेटिएको गम्भीर त्रुतीका कारण प्रस्तुत कार्यक्रम घोषणा नहुँदै ओलाईएको हो ।

त्यस्तै सरकारले हाज यस कार्यक्रमको लागि राजधानीबाट प्रकाशित अधिकांश पत्रिकामा ‘ज्याकेट पेज’ विज्ञापन प्रकाशित गरी सो कार्यक्रमको प्रचार सहित राजधानीका सडक किनारमा पनि प्रधानमन्त्री ओलीको तस्वीरसहितको प्रचारसामग्री झुण्ड्याइए संगै सामाजीक सञ्जाल देखि चोकचोकमा सरकारी रवैषाका आलोचनाका आवाज सुनिन्न्छ । त्यसमाथि तामझामका साथ सुरु गर्न लागिएको कार्यक्रममको निमन्त्रणा पत्रमा भने मन्त्रालयका सचिव महेशप्रसाद दाहालका तर्फबाट प्रेषित निमन्त्रणापत्रमा कार्यक्रमको मिति २०७५ मंसिर ११ गते मंगलबार, सयम बिहान ११ः३० बजे उल्लेख गरिनुले ११ः३० मा सुरु हुने कार्यक्रमका लागि १२ः१५ भित्र आसन ग्रहण गर्न आग्रह गरिनु भनेको हदैसम्मको लापवाही भएको पाइन्छ ।

साथै यस अघि तत्कालीन डा वावुराम भटटराइ नेतृत्वको सरकारले पनि यहि शैली अवलम्न गर्दाको कार्यक्रम आफैंमा ओझेलमा परेको भन्दै आम जनताले नेकपा नेतृत्व सकारको तिव्र आलोचना सहित यो केवल सरकारी ढुकटी रित्याउँने परिपञ्चमात्र भएको टिप्पणी गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031