मङ्लबार, बैशाख ४, २०८१

मन्त्रिपरिषद्को निर्णय तत्काल सार्वजनिक नगर्ने सरकारको निर्णय प्रेस स्वतन्त्रताविरोधी : महासंघ

  • प्रदेश समितिका अध्यक्ष, महासचिव र शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलन पुस ४ र ५ गते मोरङको विराटनगरमा

  • श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यममा तत्काल ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने

  • स्थानीय तह र प्रदेश सरकारले आफै सञ्चारमाध्यमहरु सञ्चालन गर्ने निर्णय गरकोप्रति पनि महासंघले आपत्ति

काठमाडौं मसिर ११,  नेपाल पत्रकार महासंघको आज बुेको उपलब्ध केन्द्रीय समितिको बैठकले मन्त्रिपरिषद्को निर्णय तत्काल सार्वजनिक नगर्ने सरकारको निर्णय जनताको सूचनाको हक र प्रेस स्वतन्त्रताविरोधी भएको निष्कर्ष निकाल्दै तत्काल त्यस्तो निर्णय फिर्ता लिन माग गरेको छ ।  त्यस्तै बैठकले पछिल्लो पटक वृद्धि गरेको पच्चीस प्रतिशत न्यूनतम पारिश्रमिकसहितको श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यममा तत्काल ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले साना लगानीका र स्थानीय पत्रपत्रिकाहरुलाई स्थायित्व दिन लोककल्याणकारी विज्ञापनमा वृद्धि र समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न सरकारसँग माग गर्दै स्थानीय प्रदेश सरकारहरुलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुन निर्माण नगर्न आग्रह गरेको छ । स्थानीय तह र प्रदेश सरकारले आफै सञ्चारमाध्यमहरु सञ्चालन गर्ने निर्णय गरकोप्रति पनि महासंघले आपत्ति प्रकट गर्दै प्रदेश समितिका अध्यक्ष, महासचिव र शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलन पुस ४ र ५ गते मोरङको विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।