मङ्लबार, बैशाख २५, २०८१

१० लाख भन्दाबढी मुल्यको कपडा पक्राउ

  • धर्मेन्द्र कुमार यादव

गौशाला असोज ३० गते दशै तिहार को लागि बिशेष चेक जाँच अभियान अन्र्तगत सोमबार राती महोत्तरीमा सशस्त्र प्रहरी वल नेपालको राजस्व तथा भन्सार सुरक्षा नं. १३ गुल्मले १० लाख मुल्य बरावरको विभिन्न किसिमको कपडाहरु नियन्त्रणमा लिएको छ ।

सम्सी गाउँपालिका ४ गैढाभेटपुरको १६ नं. पिलर सिमाना क्षेत्रमा रहेको धानखेतबाट सोमबार मध्यराति वेवारिसे अवस्थामा फालिएको उक्त कपडाहरु शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

दसैंलाई लक्षित गरि सम्सी नाका हुँदै राजस्व छलेर ल्याइएको उक्त कपडाहरु विशेष सुराकीको आधारमा गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश्वर पोखरेलको कमाण्डमा बरामद भएको हो । बरामद गरिएको सामानहरु मंगलबार जलेश्वर भन्सार कार्यालयमा बुझाइने पोखरेलले बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु