बिर्तामोड साउन ३, प्रदेश नं. १ को राजधानी मोरङको गोठगाउँ राख्नु उपयुक्त हुने झापाका नागरिक समाजका प्रतिनिधिको निष्कर्ष छ । पूर्वाञ्चल विश्वविद्यालयसहित गोठगाउँको आठ सय विगाह सरकारी जमिनमा प्रदेशको राजधानी राख्नुपर्ने र त्यो ठाउँ सबैलाई पायक पर्ने उनीहरुको ठहर छ । प्रदेश १ को नामकरण भने विराट वा सगरमाथा राख्दा सबैको भावना समेटिने सुझाव पनि दिइएको छ ।
विहीबार बिर्तामोड १ मा भएको छलफलमा सहभागी ज्येष्ठ नागरिक,विभिन्न स+घसंस्था तथा क्षेत्र र नागरिक समाजका प्रतिनिधिले त्यस्तो निष्कर्ष तथा सुझाव दिएका हुन् । ४० बढी सहभागी छलफलमा सबैको एउटै मत थियो– ‘प्रदेश १ को राजधानी गोठगाउँमै हुनुपर्छ ।’ ‘१४ वटै जिल्लालाई पायक पर्ने र हरेक दृष्टिले उपयुक्त ठाउँ गोठगाउँलाई प्रदेश १ को राजधानी बनाउनुपर्छ’ – ज्येष्ठ नागरिक तथा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले भने– ‘दीगो रुपमा सोच्ने हो भने गोठगाउँमा राजधानी बनाउनुको विकल्प छैन ।’
प्रदेशको राजधानी मोरङ कि सुनसरी भन्ने बहस चर्किएको बेला सुनसरीको इटहरीबाट थोरै पूर्व मोरङको गोठगाउँ मै राजधानी राख्नुपर्ने छलफलमा सहभागी हरि ओझाले बताए । राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले भने– ‘हामीले राजधानी झापा हुनुपर्छ भनेको छैन, बिर्तामोड र दमकमा पनि मागेका छैनौं– सबैलाई पायक पर्ने राजधानी गोठगाउँ नै हो ।’
नेपाल परिवार नियोजन संघ झापाका अध्यक्ष केदार गिरीले सबैको भावनाको सम्मान र सबैलाई पायक पर्ने ठाउँ गोठगाउँ नै भएको बताए ।
मेची डिलर एसोसिएसनका अध्यक्ष राजेन्द्रकुमार थापाले भने– ‘व्यक्तिगतरुपमा भन्ने हो भने बिर्तामोडलाई राजधानी बनाउनुपर्छ, सबैलाई उपयुक्त ठाउँ तोक्ने हो भने गोठगाउँमै राजधानी बन्नुपर्छ ।’ भौगोलिक र प्राकृतिक दृष्टि, खुल्ला वातावरण, पूर्व–पश्चिम राजमार्गको नजिक, मेची–कोशीको केन्द्रविन्दु, पूर्वाञ्चल विश्वविद्यालय समेत रहेको आठ सय विगााह जमिन भएको गोठगाउँलाई दीगो सोचका साथ राजधानी बनाउनुपर्नेमा उनीहरुको जोड थियो । विराटनगर अस्तव्यस्त, प्रदुषित, साँघुरो, भीडभाड, डुबाऊ क्षेत्र भएको, भारतीय सीमा नजिक रहेकोले त्यहाँ राजधानी उपयुक्त नहुने उनीहरुको धारणा थियो । प्रदेश १ को नाम विराट र सगरमाथामध्ये एक वा विराट–सगरमाथा राख्नुपर्नेमा धेरैको मत मिलेको थियो । सहभागीले कोशी, सप्तकोशी, मेची–कोशी, कञ्चनजंघा, विराट–सप्तकोशी, माउण्ट एभरेष्ट, विराट–हिमालय जस्ता नाम पनि विकल्पका रुपमा प्रस्तुत गरे ।
त्यस्तै विश्वको अग्लो हिमाल सगरमाथा र देशकै होचो भू–भाग कचनकबल यही प्रदेशमा पर्ने भएकाले ‘स्वर्ग प्रदेश’ राख्दा पनि हुने कतिपयको सुझाव थियो । राजधानी सबैलाई पायक पर्ने फराकिलो ठाउँ हुनुपर्ने र नामाकरण गर्दा सबैले आत्मसम्मानबोध गर्ने गरी राख्नुपर्नेमा सहभागीको जोड थियो । कार्यक्रममा ज्येष्ठ नागरिक कुलप्रसाद ओडारी तथा जानुका रेग्मी, मेदनी प्रसाईं, जगन्नाथ खनाल, शम्भु घिमिरे, राम बाराकोटी, टीका खरेल, कमल मिश्र, सुरेश वंशल, श्याम पोखरेल, टंक कटुवाल, मणिचन्द्र सापकोटा, विष्णुबहादुर श्रेष्ठ, डिल्लीराम थपलिया, गुञ्जन थापा, प्रकाश कोइराला, पदम आचार्य, तेजप्रसाद सिटौला, कृष्णप्रसाद प्रसाईं, डम्बरबहादुर बस्नेत, शेखर ढकाल, केशव उप्रेती, रुपक थापा, पदम प्रसाईं, डिल्ली उप्रेती, गोपाल खतिवडा, धर्मप्रसाद शिवाकोटी, दुर्गाप्रसाद थपलिया लगायतले धारणा र सुझाव राखेका थिए । क्षेत्रीय संवाद समूह झापा र देवी पञ्चकन्या मर्निङवाक ग्रुपको संयोजनमा भएको छलफलको सहजीकरण संयोजक अधिवक्ता दिपेन्द्र भट्टराई, अधिवक्ता खगेन्द्र खरेल र संवाद समूहका सदस्य मदनगोपाल सुब्बाले गरेका थिए ।
तस्वीर : कमलप्रसाद पाण्डे (विनोद)
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
- ललितपुरको ईमाडोलमा आगलागी, घाइते पाँचमध्ये ३ जनाको अवस्था गम्भीर
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
- जापानी परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आउँदै
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान