शनिबार, बैशाख १५, २०८१

डा केसीलाई लिन सरकारी प्रतिनिधमिण्डल सहितको हेलिकोप्टर जुम्लामा, डा.केसीले गरे काठमाडौं जान अस्वीकार

 काठमाडौ साउन ३ , २० दिनदेखि जुम्लामा अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवनरक्षाका लागि काठमाडौँ ल्याउन सरकारले आज बिहान हेलिकोप्टर पठाएको छ । बुधवार प्रमको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओली र वरिष्ठ मन्त्रीसहितको  बैठकको निर्णय अनुरुप सरकारले डा केसीलाइ काठमाडौं ल्याउँन लागेको हो ।

विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका अनुसार तत्कालको आवश्यकता भनेको डा केसीको जीवनरक्षा र स्वास्थ्य उपचार भएको जनाउ दिदै यसको लागि उहाँलाइ काठमाडौ ल्याउन जरुरी रहेको र त्यसपछि आन्दोलन  र मागका सवालमा छलफल हुने बताउँनु भएके छ ।  मन्त्रालयका सचिव खगराज बराल नेतृत्वको टोली डा केसीलाइ लिन जुम्लामा गएको छ । त्यसपछि डा .केसीलाई  महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिने बताईएको छ ।

 यसैवीच जुम्लामा आमरण अनसनरत डा. केसीले काठमाडौं आउन अस्वीकार गर्दै  कुनैपनि हालतमा आफु काठमाडौं नआउने अडान दोहार्‍याएका छन् । ‘मेरो स्वास्थ्यप्रति सरकार चिन्तित र संवेदनशील छ भने आफ्ना मागहरु पूरा गर्न भनेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।