बुधबार, बैशाख २६, २०८१

नव वर्षको अवसरमा इटुम्बहाल फेस्टिभल

  काठमाडौं चैत २८,   नववर्ष २०७५को सुभारम्भको अवसरमा किलागल टोल सुधार समितिले बैशाख १ गते इटुम्बहाल फेस्टिभल तथा साँस्कृतिक एवम् सांगेतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कार्यक्रम सम्बन्धी सूचना प्रवाहको लागि आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार पूर्व राजकीय कुमारी मतिना शाक्य र किलागल जीवित कुमारी रेशुका महर्जनबाट उद्घाटन हुने प्रस्तुत कार्यक्रममा नेवार संस्कृतिको सौन्दर्य, जीवनशैलीको प्रस्तुतिको अलावा विभिन्न सांगितिक समूह तथा नृत्य समूहको  सांगेतिक प्रस्तुतिका साथै भूकम्पबाट क्षतिग्रस्त कलात्मक काष्ठकला प्रदर्शनी, नेवारी कला, संस्कृति, संगीत, नाच तथा खानाको प्रदर्शनी, विभिन्न प्रकारका कलात्मक पेन्टिङ, फोटो तथा भिडियो प्रदर्शनी गरिने भएको  छ ।

  त्यस्तै नेपाल टुरिजम बोर्डको सहयोग र न्द्रचोक क्लब, किलागल स्टार क्लब, किलागः सांस्कृतिक पुचः, किलागः नासः खलः, किलागः ह्याउम्हः किसि पुचः, किलागल त्वाः छँ, नेपाः ब्याक्वेट, का.म.पा. १८ र का.म.पा. २४ वडाको  सहकार्य रहने प्रस्तुत महोत्सवमा भूकम्पका समयमा अपनाउन सकिने सुरक्षात्मक कार्यशाला गोष्ठी, लाइभ पेन्टिङ, रञ्जना लिपी लेखन तालिम, स्थानीय घरेलु उत्पादनको प्रदर्शनी गरिने जानकारी दिईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031