शुक्रबार, बैशाख २१, २०८१

सनराइजको शेयर सूचिकृत

 काठमाडौं चैत २८, सनराइज बैंक लिमिटेडको दशौ बार्षिक साधारण सभाबाट पारित विशेष प्रस्ताव बमोजिम शेयरधनीहरुलाई वितरण गरिएको १५% प्रतिशतका दरले हुने १,०६,३३,७६८.५० कित्ता बोनस शेयर सूचिकरण भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको मिति २०७४/१२/२८ गतेको निर्णयानुसार उक्त शेयर सूचिकरण भएको बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा नेपाल राष्ट्र बैंकबाट “क” वर्गको बाणिज्य बैंकहरुलाई न्यूनतम चुक्ता पूँजी रु. ८ अर्ब पु-याउन निर्देशन भए अनुसार बैंकले गत आ.ब. २०७३/०७४ को मुनाफाबाट बोनस शेयर जारी गरी नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिमको समय सिमा भित्र तोके बमोजिमको चुक्ता पूँजी पु-याउन सक्षम भएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।