बुधबार, बैशाख २६, २०८१

कांग्रेसले ३ दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने, आइतबार बस्ने केन्द्रीय समितिको बैठक स्थगित

  •  नेता खड्काको पार्थिव शरीर आज अपराह्न काठमाडौं ल्याइने
  •  श्रद्धाञ्जलीका लागि आइतबार नेपाली कांग्रेसको कार्यालयमा राखिने

काठमाडौ चैत १७,  भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा शुक्रवार निधन भएका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज अपराह्न काठमाडौं ल्याइने भएको हो । मिर्गौला, छाती र नसाको समस्याबाट पीडित भएपछि खड्कालाई उपचारका लागि नयाँदिल्ली लगिएको थियो ।

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार नेपाली कांग्रेसको कार्यालयमा राखिने र त्यसपछि अन्त्येष्टि गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भएको छ ।
नेता खड्काको निधनका कारण कांग्रेसले तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गर्नुको अलावा आइतबार बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक समेत स्थगित गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728