बिहिबार, चैत्र १५, २०८०

आज बालाजु २२ धारा मेला र हनुमान जयन्ती मनाइदै

  बालाजु २२ धारामा मेलामा मेला भर्नेको घुइँचो

काठमाडौ चैत १७,   आज चैत्र शुक्ल पुर्णिमा अर्थात बालाजु २२ धारामा मेला ।  प्रत्येक वर्ष जस्तै यसपटक पनि राजधानीको बालाजु बाइसधारामा विशेष मेला लागेको छ । आज बाइसधारामा स्नान गर्दा विभिन्न रोगव्याध नास भई पुण्य प्राप्ति हुने र सुख, शान्ति तथा समृद्धि प्राप्त हुने जनविश्वासअनुसार मेला भर्नेको घुइँचो लाग्ने गरेको स्थानीय बासिन्दहरु बताउँछन ।

मेला भर्नेको घुइँचोलाई स्थानीय प्रहरी, क्लब तथा सामाजिक सङ्घसंस्थाले मेला भर्न आउने भक्तजनलाई आवश्यक सहयोग तथा व्यवस्थापन गरिरहेका छन् । त्यस्तै त्यहाँ पुगेका भक्तजनमध्ये कतिपय जामाचोको डाँडामा अवस्थित चैत्यमा पुगेर रमाईलो गर्द पूजाअर्चनामा समेत सहभागी भएका छन ।

यसैवीच आजै हनुमान जयन्ती पनि मनाईदैछ । एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । आजको दिन हनुमानको पूजा र उपासना गरेमा रोग व्याधि शत्रु बाधा, राजा भय, प्राकृतिक शक्ति, पिचासी शक्ति, भूत, बोक्सी, बतास, खोला, आगो, राक्षसी शक्ति प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने जन विश्वास रहिआएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।