काठमाडौं माघ १० , आगामी माघ २४ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज ७ वटै प्रदेशमा उम्मेदवारको निर्वाचन अधिकृतको कार्यालयमार्फत मनोनयन दर्ता गरिँदैछ । मनोनयन दर्ताका लागि आयोगले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको राष्ट्रिय सभा निर्वाचन कार्यतालिका अनुसार प्रदेश नम्बर १ को मोरङको विराटनगर, प्रदेश नम्बर २ को धनुषाको जनकपुरधाम, प्रदेश नम्बर ३ को ललितपुर, प्रदेश नम्बर ४ को कास्कीको पोखरा, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको व्यवस्था गरिएको जनाएको छ ।
साथै मनोनयन दर्ताका लागि उम्मेदवारहरुले नागरिकताको प्रतिलिपी, मतदाता नामावलीमा नाम समावेश गरिएको निस्सा, सरकारी कर्मचारी भए राजीनामा स्वीकृत भएको पत्र, १० हजार रुपैयाँ धरौटी तिरेको रसिद र दलीय उम्मेदवार भए आधिकारिक ब्यक्तिको हस्ताक्षरसहितको पत्र पेश गर्नुपर्ने प्रावधान कायम गरिएको छ ।
यसैवीच आज दर्ता गराईएका मनोनयन उपर उम्मेदवारको विरोधमा विहिवार उजुरी दिन सकिने जनाउदै आयोगले छ उक्त उजुरीमाथि छानबीन गरी १४ गते निर्वाचन कार्यालयले नामावली प्रकाशित गर्ने, सोही दिन उम्मेदवारी फिर्ताका लागि समय दिइने छ र १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने जनाएको छ । गाउँ, नगर, महानगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाको सांसद मतदाता रहने प्रस्तुत राष्ट्रिय सभाको निर्वाचनमा स्थानीय तहका प्रमुख÷उपप्रमुख १ हजार ५ सय ६ तथा प्रदेश सभाका ५ सय ५० गरी २ हजार ५६ जना मतदाता रहेको र निर्वाचन प्रयोजनका लागि आगामी शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
- चन्द्रागिरि नगरपालिकामा बुधवार सार्वजनिक बिदा
- सत्तारुढ र प्रतिपक्षी दलहरु आ-आफ्नो अडानमै,सभामुखले डाकेको बैठक निष्कर्षविहीन
- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै :सचेतक लेखक
- गण्डकी प्रदेश सरकार विश्वासको मत प्रकरण : सभामुखको घोषणाविरुद्ध सर्वोच्चमा रिट दायर
- सट्टेवाजीमा संलग्न १३ जना भारतीय नागरिक पक्राउ
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
- गण्डकीका सभामुखको असंवैधानिक र सर्वसत्तावादी चरित्रको कांग्रेसले गर्यो घोर भर्त्सना
- आयोगले दियो राईको नेतृत्वमा नवगठित जनता समाजबादी पार्टीलाई नयाँ दलको मान्यता
- सवारी लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान