शुक्रबार, बैशाख २१, २०८१

आज २५५८ औं बुद्ध जयन्ती, देशभर विभिन्न कार्यक्रमका साथ मनाउँदै

काठमाडौं बैशाख ३१, आज बैंशाख शुक्ल पूर्णिमा प्रत्येक वर्ष आजको दिन गौतम बुद्धको जन्म बुद्धत्व प्राप्त तथा उहाँले महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग अर्थाथ ऐतिहासिक व्यक्तित्व शान्तिका प्रतीक गौतम बुद्धको जन्मजयन्तीका रुपमा मनाउँने गर्छन । यसैवीच आजको दिन भगवान गौतम बुद्धको २५५८ औँ जन्मजयन्तीको स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बौद्ध धर्माबलम्बीहरुले विविध कार्य कार्यक्रमकावीच मनाईरहेका छन ।

 431132_478160532254924_484742141_n942908_478160468921597_1535916183_n984233_478160202254957_625672670_nइसापूर्व ५६३ अर्थात आजभन्दा २५५८ वर्ष पहिले वैशाख शुक्ल पूणिर्मामा नेपालको लुम्बिनी भगवान् गौतम बुद्धको जन्म भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा रानी वन क्रीडा गर्दै गरेका अवस्थामा लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको बौद्ध ग्रन्थमा व्याख्या गरिएको छ । त्यस्तै अहिंसाका प्रतिक गौतम बुद्धको स्मरण र देशमा शान्तिको कामना गर्दै आज २५५८ औं बुद्ध जयन्ती मनाइँदैछ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण एकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले भावपूर्ण श्रद्धा र भक्ति दर्शाउछन् ।  नेपालको लुम्बिनीमा जन्मिएर विश्वमा शान्ति, अहिंसा र सद्भावको सन्देश फैलाउने बुद्धको योगदान चीर स्मरणीय छ । विश्वभर करोडौ मानिस बुद्ध धर्मका अनुयायी छन् । बुद्ध जयन्तीकै अवसरमा आज विहान लुम्वीनि स्थित मायादेवी मन्दिरमा विशेष पुजा आराधना गरी बुद्धको मुर्तिसहितको धार्मिक पदयात्राले लुम्बिनी परिक्रमा गर्दैछ भने राजधानीको स्वयम्भु गुम्वामा बुद्धको स्मरणमा विशेष पूजाआजा गरिदै छ ।

स्वयम्भुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । पिता शुद्धोधन र माता मायादेवीको कोखबाट शाक्यमुनि राजपरिवारमा जन्मिएका सिद्धार्थ गौतमले २९ बर्षको उमेरमै राजर्षी सुखसयल त्यागेर सत्यको खोजीमा निस्किएका थिए । ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूणिर्माकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो । चार आर्य सत्य बुझ्ने व्यक्तिलाई नै बुद्ध भनिन्छ । भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ र त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्दछ भन्ने बुद्ध धर्मको सार हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने ८ वटा मार्ग छन् भनी गौतम बुद्धले ज्ञान दिएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।