बुधबार, बैशाख २६, २०८१

काँग्रेस सभापति देउवाद्दारा दुःख व्यक्त

काठमाडौं भाद्र ९ ,

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता गोविन्द रञ्जितको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । काठमाडौं काँग्रेस महानगरपालिका वडा–२१ कार्यसमितिका सभापति रञ्जितको उपचारका क्रममा आज ६७ वर्षको उमेरमा बिहान निधन भएको हो ।

सभापति शेरबहादुर देउवाले एक शोक विज्ञप्तिमार्फत उहाँमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । विसं २०३६ देखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गर्नुएका रञ्जितले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गरिएको छ ।

स्रमण रहोस संक्रमणका कारण काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा काठमाडौ महानगरपालिका वडा नम्बर २१ का कांग्रेस नेता गोविन्द रञ्जितको गएराति मृत्यु भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।