बुधबार, बैशाख १२, २०८१

बुधबार राजधानीका यी स्थानमा विहान ११ बजेबाट विधुत काटिने

काठमाडौं भाद्र ९ ,

नेपाल विद्युत् प्राधिकरणले बुधवार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म राजधानीको सोल्टी दोबाटो, सिभिल होम्स, टौखेल, सीतापाइला, इचङ्गुनारायण, पद्यमा कोलेनी, भीमढुङ्गा, नर्सरी भञ्ज्याङ, छत्रे देउरालीलगायत स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणको कुलेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा रुखका हाँगा कटान गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालले जानकारीे जानकारी दिनुभएको हो ।

साथै सूचना अधिकारी अर्यालले विद्युत् काटिँदा उपभोक्तालाई पर्न जाने असुविधाप्रति क्षमा माग्दै समय अगावै काम सकिएको अवस्थामा निर्धारित समय भन्दा पहिलेनै लाइन पुनः सञ्चालनमा आउने बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।