बुधबार, बैशाख १९, २०८१

काठमाडौका एक सहित थप १६७ जनामा कोभिड सङ्क्रमण पुष्टि, २१३ जना डिस्चार्ज

उपत्यकामा ४ हजारमा परीक्षण गर्दा ३ जनामा सङ्क्रमण

काठमाडौं साउन १ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १६७ जनामा कोभिड सङ्क्रमितको सङ्ख्या १७ हजार ३४४ पुगेका जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २७ वटा प्रयोगशालामा ४ हजार ९८१ जनाको नमूना परीक्षण गरिएको त्यसमध्ये १६७ जनामा सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।

त्यस्तै उहाँले कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई गत २४ घण्टामा २१३ डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार २४९ पुगेको  जानकारी दिदै सङ्क्रमणबाट हालसम्म ३९ जनाको मृत्यु भइसकेको बताउनुभयो ।

यसैवीच काठमाडौ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने ४ हजार दुई सय जनाको नमूना परीक्षण गर्दा ३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाले काठमाडौ उपत्यकाको समुदायमा कोभिड–१९ को सङ्क्रमण छ वा छैन भनेर भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिको परीक्षण अभियान सञ्चालन गरेको हो । मोफसलमा सङ्क्रमण दर घटे पनि उपत्यकामा सङ्क्रमित सख्या बढेपछि महाशाखाले उपत्यकाका भीडभाड हुने ठाउँका मानिसमा परीक्षण गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।