मङ्लबार, बैशाख २५, २०८१

वाढी, पहिरो र डुवानको कारण  भएको जनधनको ठूलो क्षतिप्रति काँग्रेसद्दारा दुःख व्यक्त

काठमाडौ असार २६ , नेपाली कांग्रेसले अविरल वर्षा पछि आएको वाढी, पहिरो र डुवानको कारणले देशका विभिन्न जिल्लाहरुमा जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

मुलुक कोभिड १९- को कहरको पीडामा रहेको बेला फेरि अर्को प्राकृतिक विपत बाढी, पहिरो जस्तो प्राकृतिक विपतको यो घटनाप्रति दुःख व्यक्त गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले— मुलुक कोभिड १९ को कहरको पीडामा रहेको बेला फेरि अर्को प्राकृतिक विपत बाढी, पहिरोको समेत सामना गर्नु परेको संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतका लागि सरकारको ध्यनाकर्षण समेत गराउनुभ एको छ ।

साथै उहाँले प्रभावित क्षेत्रका नेपाली कांग्रेसका स्थानीय पार्टी निकायहरु तथा भातृ एवं शुभेच्छुक संघ संस्थाहरुलाई पनि पीडित परिवारलाई तत्काल उद्धार र राहत कार्यमा आवश्यक सहयोग पु¥याउन समेत निर्देशन दिनु भएको छ।

पछिल्लो घटना अनुसार-कास्कीमा ७ को मृत्यु र ११ जना घाइते, लम्जुङमा ३ मृत्यु र ४ घाइते, सिन्धुपाल्चोकमा २ को मृत्यु र २१ वेपत्ता, म्याग्दीमा ३२ जना वेपत्ता भएका छन् । त्यसैगरी कैयौं नागरिक बासस्थानबाट विस्थापित भएका छन् र कैयौं स्थानमा बाढी, पहिरोका कारण सडक यातायात अवरुद्ध भई नागरिकले कठिनाई व्यहोर्न परेको जारी ििवज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु