बुधबार, बैशाख १९, २०८१

रेडक्रस सोसाइटीलाइ साताव्यापी सफाइको मौका

काठमाडौं असार २६ , महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नेपाल रेडक्रस सोसाइटीलाइ साताव्यापी सफाइको मौका दिएको छ ।  पछिल्लो समय रेडक्रस सोसाइटीको सवालमा अनेकन अनियमिताको प्रसंग छताछुल्ल भएसंगै समाज कल्याण परिषद्बाट भएको छानबिनको सिफारिशका आधारमा मन्त्रालयले रेडक्रसको केन्द्रीय कार्यसमितिलाई समाजक कल्याण ऐन, २०४९ को दफा २० बमोजिम महिला, सफाइ पेश गर्न मौका दिएको हो ।

यस्तै नेपाल बाल सङ्गठन र बाल मन्दिरबाट भएगरेका काम कारवाहीका सम्बन्धमा गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिशका सम्बन्धमा नेपाल बाल सङ्गठनको केन्द्रीय कार्यसमिति र सो समितिका पदाधिकारी तथा सदस्यलाई मन्त्रालयमार्फत सात दिनको म्याद दिई सफाइको मौका दिइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।