मङ्लबार, बैशाख २५, २०८१

सासंद अपहरणको किटानी जाहेरी लिन सरकारी वकिलको कार्यालयद्वारा इन्कार[भिडियो सहित]

काठमाडौ बैशाख १६,  समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई अपहरण प्रकरणमा सरकारी वकिलको कार्यालय काठमाडौंले सत्तारुढ नेकपा का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको किटानी जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।

यसअघि प्रस्तुत अपहरण प्रकरणको महानगरीय प्रहरी परिसर टेकुमा किटानी जाहेरी दर्ताका लागि पुगेका जनता समाजवादी पार्टीका उपेन्द्र यादव, महेन्द्रराय यादव, राजेन्द्र महतो, सुरेन्द्र यादव राजेन्द्र श्रेष्ठलगायतका नेताहरुले त्यहाँ उजुरी दर्ता हुन नसकेपछि आज दिउँसोे उनिहरु काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा मुलुकी फौजदारी संहिता २०७४ मा गरिएको व्यवस्था अनुरुप जाहेरी दर्ता गर्न पुगेका थिए । तर जिल्ला सरकारी वकिलको कार्यालयले  अध्ययनका लागि समय लाग्ने भन्दै उजुरी दर्ता अस्वीकार गरेको हो ।

सत्तारुढ निकटका भातृसंगठनबाट दर्ता गर्न खोजेको साइबर अपराध मुद्धा पनि दर्ता भएन :  यसैवीच समाजवादी र राजपाका नेताहरु काठमाडौं सरकारी वकिलको कार्यालय प्रवेश गरेलगत्तै सत्तारुढ नेकपा निकटका भातृसंगठन अनेरास्ववियू र युवा संघका नेता–कार्यकर्ता पनि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, हिसिला यमी, आङकाजी शेर्पा र विश्वदीप पाण्डेविरुद्ध साइबर अपराधको मुद्दा दर्ता गर्न भनी ठूलो संख्यामा सरकारी वकिलको कार्यालय पुगे पनि उनिहरुको उजुरी पनि सरकारी वकिलको कार्यालयले दर्ता गर्न अस्वीकार गरेको थियो ।

त्यसक्रममा सत्तारुढद दल निकटका संगठन र समाजवादी पार्टीका नेताहरुवीच भएको आमने सामाने भएसंगै संभावित झडपलाइ दृष्टिगत गर्दै सुरक्षा व्यवस्था कडा तुल्याइएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031