शुक्रबार, चैत्र १६, २०८०

लकडाउन कार्यान्वयनमा थप कडाइ , अनावश्यक रूपमा वाहिर ननिस्कन आग्रह

-अनुप प्रधान-
काठमाडौं बैशाख १६ , कोभिड संक्रमणको रोकथामाका लागि जारी लकडाउन उल्लङ्घनको घटना अझै वृद्धि हुन थालेपछि गृह मन्त्रालयको सोमबारको परिपत्रअनुसार आजदेखि मुलुकभर नै लकडाउन कार्यान्वयनमा थप कडाइ गरेको छ ।

मन्त्रालयको निर्देशनसंग प्रहरीले थप कडाइका साथ सुरक्षा परिचालन गरेको र पास बिनाका गाडी आवतजावतमा पूर्णतः रोक लगाएको छ । अनावश्यक रूपमा निस्किएकालाई समेत थप कडाई गरिएको हो ।

प्रहरीका अनुसार आज अपराह्नसम्ममा एक हजार १०० गाडीलाई नियन्त्रणमा लिइएको जनाएको छ । साथै “लकडाउन सुरक्षाको महत्वपूर्ण उपाय भएकाले त्यसको उल्लङ्घन गर्नु भनेको आफैँलाई जोखिम निम्त्याउँनु भएका कारण सचेत हुन प्रशासनले सवैमा आग्रह गरेको छ ।तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।